पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण

समाचार

१६ वैशाख, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । यसको जानकारी उनी आफैंले ट्वीटरमार्फत् दिएका हुन् ।

‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् ।आफूलाई खासै अप्ठ्यारो नभएको र आफ्नो ख्याल गरिरहेको उनले उल्लेख गरेका छन् ।

समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ? भनेर पनि उनले प्रश्न गरेका छन् ।