सेती प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

समाचार

१६ वशाख, धनगढी । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएकी धनगढी उपमहानगरपालिका-३ की ४५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।ती संक्रमित महिला सुगर र प्रेसरको बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।