कास्की र पर्वतमा दुई जना संक्रमितको मृत्यु

समाचार

२१ वैशाख, काठमाडौं । कास्की र पर्वतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४५ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका–४ का ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमा मंगलबार मृत्यु भएको हो ।४५ वर्षीय पुरुषमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो भने पर्वतका ८४ वर्षीय पुरुषमा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

अध्यावधिक विवरण अनुसार कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २३५ पुगेको उनले बताए ।