हरिवंशको सन्देश–‘अर्को जुनी खै कुन्नी’

मनोरंजन

हाँस्य कलाकार तथा गायक हरिवंश आचार्य कोरोना महामारीको दोश्रो लहरको चपेटमा नेपाल समेत परेको अवस्थामा सन्देशमुलक गीत सार्वजनिक गरेका छन् । ४२ सेकेन्ड लामो उनको यो गीतले कोरोनाबाट बच्न र अरुलाई पनि बचाउन सन्देश दिएको छ ।

हरिवंशले अर्को जुनी कसैलाई पनि थाहा नभएको भन्दै यही जुनीमा कोरोनाबाट बच्नका लागि सजग हुन आग्रह गरेका छन् ।उनले सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेको यो गीतलाई २२ हजार भन्दा बढीले शेयर गरेका छन् । अधिकांशले यो बिषम परिस्थितीमा एक कलाकार भएको नाताले कोरोना सम्बन्धी जनचेतना जगाएको भन्दै हरिवंशको प्रशंसा पनि गरेका छन् ।

गतबर्ष आफै कोरोना संक्रमित भएका हरिवंशले कोरोनालाई सामान्य रुपमा नलिन पनि अपिल गरेका छन् ।