महा-नायक राजेश हमाल र पल शाह लाई देखेर करिश्मा मानन्धर र पुजा शर्मा हल्का हल्का लजाए (भिडियो सहित)

मनोरंजन

काठमाण्डौ २३ बैशाख २०७८ ।

महा-नायक राजेश हमाल र महा-नायिका करिश्मा मानन्धर अनि नयाँ पुस्ताका चर्तित नायक पल शाह र नायिका पुजा शर्मा अभिनित अन्जु पन्त र निशान भटराइको स्वरमा सजिएको म्युजिक भिडियो ‘हल्का हल्का लजाएर’ सार्वजनिक भएको छ । पहिलो पुस्ताका चर्चित नायक-नायिका र नयाँ पुस्ताका चर्चित नायक-नायिका अभिनित यो पहिलो म्युजिक भिडियो हो ।

उदयीमान म्युजिक भिडियो निर्देशक देबेन्द्र पाण्डले यसको निर्देशन गरेका हुन् । चन्द्र प्रसाद प्रसाइको शब्द, सन्तोस श्रेष्ठको संगीत,गोपाल रसाइलीको अरेन्ज, श्यामश्वयत रसाइलीको मिक्सिगमा तयार भएको यस गीतमा उत्सव दहालको छायाङकन, विकास दहालको सम्पादन रहेको छ । यस गीतले राम्रै बजार तताउने अपेक्षा गरिएको निर्देशक पाण्डेले बताएका छन् ।