पुन आयो दुखद् खबर ; यात्रुबहाक बस दुर्घटना हुँदा……

समाचार

पौष २९ ,- अर्घाखाँची जिल्लाको शितगङ्गा नगर पालिकाको वडा नम्बर १३ को सिमलपानी छेडा मा यात्रु बहाक बस दुर्घटनामा परेको छ।

सितगंगा १३ छेडा बाट कपिलवस्तु बैरिया जाँदै गरेको लु १ ख ७८१४ नम्बर बस सीमल पानीमा दुर्घटना हुँदा १० जना घाइते भएको खबर प्राप्त भएको छ। घाइते हुने यात्रुहरुलाई उपचारका लागि बुटवल पठाईएको जानकारी आएको छ।

घटनाको थप विवरण आउँन बाँकी रहेको छ।