रियल मड्रिड उपाधि होडमै

खेलकुद

३१ वैशाख, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले ग्रानडालाई ४-१ ले पराजित गर्दै उपाधि होड कायमै राखेको छ । यस जितपछि रियलले छिमेकी एट्लेटिको मड्रिडसँग अंक दूरी २ मा झारेको छ । ला लिगामा अब दुई चरणको खेल बाँकी छ ।

बिहीबार राति भएको खेलमा ग्रानडाको मैदानमा रियललाई जिताउन लुका मोड्रिच, रोड्रिगो,अल्भारो ओड्रीओजोलो र करिम बेन्जामाले गोल गरे । ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए ।जितपछि ३६ खेलबाट ३८ अंक जोड्दै रियल दोस्रो स्थानमा उक्लिएको हो । समान खेलबाट एट्लेटिकोको ७० अंक छ ।७६ अक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । ग्रानडा ४५ अंकसहित दशौँ स्थानमा छ ।

ला लिगामा अब एट्लेटिकोले बाँकी दुई खेल जितेमा स्वतः च्याम्पियन बन्नेछ । तर एट्लेटिकोले बराबरी खेले वा पराजित भएमा रियलको सम्भावना हुनेछ ।

एट्लेटिकोले अब ओसासुना र रियल भाल्लाडोलिडसँग खेल्न बाँकी भने रियलले एथ्लेटिक विल्वाओ र भियारियालसँग खेल्न बाँकी छ ।