स्वेताको प्रण–‘समाजप्रतिको जिम्मेवारी भुल्ने छैन’

मनोरंजन

नायिका स्वेता खड्काले आफूले समाजप्रतिको जिम्मेवारी नभुल्ने प्रण गरेकी छिन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेकी छिन्–‘हो, मेरो अभिनयको क्षेत्र भिन्नै छ । जहाँ म नचाहेर पनि हास्नुपर्छ, मन नलागी नलागी रुनु पर्छ । थाकेको हुन्छु, नाच्नु पर्छ । मौन बस्ने मन हुँदा हुँदै, गुनगुनाएको जस्तो गर्नुपर्छ । त्यो चलचित्रको एउटा पाटो हो । तर, सामाजिक जिम्मेवारी अर्कै छ । जहाँ अभिनय भन्दा पनि वास्तविक जीवनको भोगाइमा मिसिइन्छ । अर्काको दुःख आफ्नै जस्तै लागेर रोइन्छ अनी अर्काको सुखमा हाँसी खुशी रमाइन्छ । जहाँ मन जोडिन्छ, त्यहाँ भावना मिल्छ ।’

उनले आफ्नो सामाजिक क्षेत्रलाई अभिनयले नभएर मनले जोडेर राख्न चाहेको पनि उल्लेख गरेकी छिन् ।उनले अगाडि लेखेकी छिन्–‘मेरो क्षमता, गक्ष, सिपले जे भ्याउँछ त्यही प्रयोग गर्दै मन बाट नै सामाजिक सेवाको क्षेत्रमा होम्मिने छु । मेरो जिन्दगी रहेसम्म म समाजप्रतिको जिम्मेवारी भुल्ने छैन । यो मेरो प्रण हो ।’

स्वेताले कोरोनाको दोश्रो लहरपछि हाम्रो टिम नेपाललाई १ लाख ३० हजार रुपैयाँ सहयोग गरिसकेकी छिन् ।