ह्यारी केनले तेस्रो पटक जिते गोल्डेन बुट

खेलकुद

१० जेठ, काठमाडौं । टोटेनहमका स्ट्राइकर ह्यारी केनले तेस्रो पटक प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् ।

२०२०/२१ सिजनको अन्तिम खेलमा लेस्टरलाई ४–२ ले पराजित गर्दा एक गोल गरेका केनले सर्वाधिक गोल गर्दै उक्त अवार्ड जितेका हुन् ।उनले सिजनभर कूल २३ गोल गर्दै लिभरपुलका मोहम्मद सालाहलाई एक गोलले पछि पारे । सालाहले अन्तिम खेलमा गोल गर्न सकेनन् ।

केनले सर्वाधिक गोल गर्नुका साथै सर्वाधिक १४ असिस्ट समेत गरे । उनी सन् १९९३ देखि हुन थालेको आधुनिक प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोल असिस्ट गर्ने पहिलो खेलाडी समेत बने ।

दोस्रो स्थानको प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् । केनले यसअघि २०१५/१६ र २०१६/१७ को सिजनमा गोल्डेन बुट अवार्ड जितेका थिए ।

थियरी हेनरीले सर्वाधिक ४ पटक प्रिमियर लिगमा गोल्डेन बुट जितेका छन् ।