हिउँमा परेर १३ जनाको ज्यान गयो (अपडेटसहित)

समाचार

काठमाडौं । बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको खबर प्राप्त भएको छ । जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको ज्यान गएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । २५० भन्दा बढी व्यक्ति घा इ ते भएका जापानी अग्नि तथा विपद व्यवस्थापन निकायले जनाएको छ ।
स्थानीय संचार माध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका तीन व्यक्तिको ज्यान गएको नाएका छन् । हिउँसँग सम्बन्धित दुर्घ टनामा यहाँ ४७ जना घा इते भएका छन् ।

यस्तै, नीगाता प्रिफेक्चरमा पनि हिउँ फाल्नेक्रममा चार जनाको ज्यान गएको विभिन्न संचारमाध्यमले जनाएका छन् । हिमपातले सर्वाधिक प्रभाव परेका तीनवटा प्रिफेक्चरमा मानिसको उद्धार र सहायताका लागि जापानी सेनालाई पनि परिचालन गरिएको छ । यसबाहेक, हिमपातका कारण सडक यातायात पनि नराम्रोसँग प्रभा वित भएको छ । होकुरिकु द्रुतमार्गमा एक हजार २०० भन्दा बढी सवारीसाधन अ ल प त्र परेका छन् । जापानको मौसम विभागले प्रशान्त महासागरतर्फको पूर्वी क्षेत्रमा मङ्गलबारसम्म हिमपात हुने जनाएको छ । किन्की, टोकाई र शिकोकु क्षेत्रमा मंगलबार साँझसम्म पहाडी इलाकामा २० सेन्टिमिटरसम्म हिउँ पर्ने जेएमएले बताएको छ ।