कैलालीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप

समाचार

२० जेठ, धनगढी । कैलालीमा स्थानीय प्रशासनले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बिहीबार प्रमुख जिल्ला अधिकारी खग्रेन्द्रप्रसाद रिजालले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्म निरन्तरता दिने आदेश जारी गरेको जानकारी दिए ।यो अवधीमा अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुने जोशीले बताए । खाद्यान्न, तरकारी, दुग्ध डेरी, मासु पसल भने आइतबार, मंगलबार, बिहीबार र शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

बैँक तथा वित्तीय संघसंस्थाहरुले ५० प्रतिशत कर्मचारी राखेर दैनिक बिहान ६ देखि ११ बजेसम्म मात्र सेवा दिन पाउने व्यवस्था मिलाउन समेत प्रशासनले निर्देशन दिएको छ ।