बैंकका अधिकांश शाखा कार्यालयहरु खुले

समाचार

१ असार, काठमाडौं । काठमाडौं उपत्यकामा बैंकतथा वित्तयि संस्थाका अधिकांश शाखा कार्यालयहरु आजबाट खुलेका छन् । सरकारले निषेधाज्ञाखुकुलो बनाएर एक साता थप गर्ने निर्णय पछि मंगलबार बैंकका अधिकांश शाखा कार्यालयखुला भएका हुन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललेस्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर न्युनतम शाखाहरु खोल्न बैंकहरुलाई निर्देशन दिइएकोबताए । उनका अनुसार यति नै शाखा कार्यालय खोल्नु भनेर संख्या भने राष्ट्र बैंकलेतोकेको छैन ।राष्ट्र बैंकको यो निर्देशन पछि बैंकहरुलेआवश्यकत अनुसार शाखा कार्यालयहरु खोलेर सेवा दिइरहेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।

उनका अनुसार प्रधान कार्यालयहरु न्युनतम कर्मचारीहरुराखेर सञ्चालन गरिएको छ । शाखा कार्यालयहरुमा ५० प्रतिशत हाराहारीमा कर्मचारी भएकोहुनसक्ने उनले बताए ।

सोमबारसम्म सिमित शाखा कार्यालयहरु मात्रैखोलेर बैंकले सेवा दिदै आएका थिए । उता बिमा कम्पनीहरुका शाखा कार्यालयहरु पनि धेरैजसो मंगलबारदेखि खुला भएका छन् ।

बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले पनि न्युनतमकर्मचारी राखेर सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।