स्याङ्जाको सेतीवेणी बजार डुबानमा, ८ घरमा क्षति

समाचार

२ असार, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ५ को सेतिवेणी बजार जलमग्न भएको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकीमा पानीको बहाब बढेपछि सेतीवेणी बजार डुवानमा परेको हाे ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार डुबानबाट ८ घर पूर्णरुपमा क्षति भएका छन् । मानवीय क्षति भएको छैन ।पानीमा फसेकाहरुलाई प्रहरी, जनप्रतिनिधि र रेडक्रसलगायतको टोलीले उद्दार गरिरहेका छन् । सुरक्षित स्थानमा ल्याइएका व्यक्तिहरुलाई पालमा राखिएको छ ।