जापानले नेपालबाट कृषि कामदार ल्याउन परिक्षा मिति तय गर्यो

समाचार

टोकियो ।जापानले नेपालबाट कृषि क्षेत्रमा कामदार ल्याउने भएको छ । यसको लागि नेपालमा पनि कृषिको परीक्षा संचालन गर्न मिति सार्वजनिक गरिएको छ ।नेपालमा सन् २०२१ को जनवरी १५ तारिखबाटै आवेदन फाराम खुल्ला गरिने सुचनामा उल्लेख छ ।

जनवरी १५ तारिखबाट भौचर खरीदको लागि आवेदन फाराम खुलेपनि परीक्षा मार्च महिनामा हुने छ । मार्चको भौचर खरीद आवेदन गोलाप्रथाबाट नगरिने भएको छ । पहिलो आउनेलाई पहिलो प्राथमिकता प्रदान गरिने प्रणाली लागू गरिने सूचनामा उल्लेख छ ।

निर्दिष्ट कुशल कामदार अन्तर्गत परीक्षामा आवेदनका लागि भौचर खरीदमा सामेल हुन तल उल्लेख विस्तृत विवरण हेर्नसक्नुहुनेछ ।

नेपालबाट प्रशिक्षार्थी कामदारको रुपमा मेनपावर मार्फत सिमित कोटामा कामदार लिंदै आएको जापानले गत बर्ष १४ क्षेत्रमा नेपालबाट कामदार ल्याउन सरकारसँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार कृषि, नर्सिंग, होटल रेष्टुरेण्ट, निर्माण, उद्योग लगायत १४ क्षेत्रमा जापानले नेपाल सहित ११ देशबाट कामदार ल्याउन सम्झौता गरेको छ । सन् २०२४ सम्ममा करिव ३ लाख ५० हजार कामदार ल्याउने लक्ष्य सहित सम्झौता गरेको जापानले गत वर्ष कोरोना महामारीका कारण ज्यादै न्यून संख्यामा कामदार भित्राएको थियो ।

देशभित्रै रोजगार उपलब्धता घटिरहेपनि सम्झौता अनुसार नेपालबाट सुरुवातमा नर्सिंग पेशाका हेल्थ केयर वर्कर ल्याउन थालेको जापानले गत महिना मात्र खाद्यान्न क्षेत्रमा होटल रेष्टुरेण्टको लागि कामदार ल्याउन परीक्षा लिने घोषणा गरेको थियो ।

एक बर्ष बढी समयदेखी भाषा अध्ययनपछि जापान रोजगारको पर्खाइमा बसिरहेका नेपाली युवाहरु जापानले परीक्षा खुलाएपछि उत्साहित देखिएका छन् ।

तोकिएको शीप मूलक कामदारको (Specified Skilled Worker) सम्बन्धमा

तोकिएको शीप मूलक कामदार (Specified Skilled Worker) सँग सम्बन्धित भीसामा आवेदन गर्नु पूर्व दुबै शीप परिक्षाहरु (नर्सिङ्ग केयर शीप मूल्यांकन परिक्षा/Nursing Care Skills Evaluation Test र नर्सिङ्ग केयर जापानिज भाषा मूल्यांकन परिक्षा/Nursing Care Japanese Language Evaluation Test) र जापानिज भाषा परिक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ ।

JFT Basic अथवा JLPT N4 वा सो भन्दा माथिका जापानिज भाषा परिक्षाहरुमा सन्तोषजनक परिणाम प्राप्त गरी उत्तिर्ण गरेपछी भाषा सम्वन्धि मापदण्डहरु पूरा हुनेछन् । यदि तपाईंले JLPT N4 वा सो भन्दा माथिका परिक्षा दिई उत्तीर्ण भएको नतिजा प्राप्त गर्नु भएको छ भने JFT Basic परिक्षा दिनु पर्ने छैन् ।

तलको लिङ्कमा गई यि परिक्षाका सम्बन्धमा जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।

जापान फौन्डेसन आधारभूत जापानिज भाषा परिक्षा (JFT-Basic): यहा क्लिक गर्नुहोस् ।

नर्सिङ्ग केयर शीप मूल्यांकन परिक्षा (Nursing Care Skills Evaluation Test) र नर्सिङ्ग केयर जापानिज भाषा मूल्यांकन परिक्षा (Nursing Care Japanese Language Evaluation Test): यहा क्लिक गर्नुहोस् ।

Agriculture Skill Assessment Test: यहा क्लिक गर्नुहोस् ।

The Food Service Industry Skills Proficiency Test: यहा क्लिक गर्नुहोस् ।