स्याङ्जामा असार १५ सम्म निषेधाज्ञा थप

समाचार

६ असार, स्याङ्जा । स्याङ्जामा असार १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना जारी गर्दै निषेधाज्ञा असार १५ गतेसम्म कायम हुने जनाएको छ ।

गत वैशाख २१ गतेदेखि सुरु भएको निषेधाज्ञा जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी सूचनामा जनाइएको छ ।