जन्मदिनमा गायिका एलिना, भन्छिन्–‘कमाएको रकममध्ये केही समाजसेवाका लागि छुट्याउँछु

मनोरंजन

सांगीतिक क्षेत्रमा छोटो समयमै राम्रो सफलता हात पारेकी गायिका हुन् एलिना चौहान । ‘इन्स्टाको फोटो’गीतको कभर गाएपछि उनको चर्चा शुरु भएको थियो । त्यसपछि गतवर्ष लकडाउनमा सार्वजनिक ‘के माया लाग्छ र रु’बोलको गीत उनको सांगीतिक करिअरका लागि ‘टर्निङ प्वाइन्ट’ सावित भयो ।

उक्त गीतलाई स्रोता एवं दर्शकको निकै मन पराए । त्यसपश्चात उनलाई थुप्रै गीतको अफरले पछ्याईरह्यो । उनका ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’ लगायतका थुप्रै गीत चर्चित रहे ।उनै एलिना आज आफ्नो जन्मदिन मनाउँदैछिन् । झापाकी एलिना आजदेखि २२ वर्ष पुरा भएर २३ वर्षमा लागेकी हुन् । जन्मदिनमा उनलाई सांगीतिक क्षेत्रका थुप्रैले शुभकामना दिइरहेका छन् ।
एलिनाले आफ्नो जन्मदिन कपनमा रहेको अन्र्तदृष्टि नेपाल नामक बालआश्रममा मनाएकी छिन् । त्यहाँ रहेका बालबालिकालाई लत्ताकपडा वितरण गरिन्, चकलेट बाँडिन् अनि केक काटिन् । निषेधाज्ञाका कारण अरु धेरै योजना नभएको एलिनाले बताईन् ।

सांगीतिक क्षेत्रबाट पाएको सफलताबाट आज एलिना खुःसी छन् । अहिलेको सफलता आफूले नसोँचेको समेत एलिनाले बताइन् । ‘काम गर्दे जाँदा स्रोता÷दर्शकले माया गर्नुभयो । एमदमै खुःसी छु’– उनले भनिन् ‘आउँदा दिनमा अझ राम्रो कामहरु गर्दै जानेछु ।’ उनलाई फरक–फरक खालका गीतहरु गाउन मनपर्छ । आगामी दिनमा राम्रा गीतहरु स्रोता–दर्शकलाई दिने प्रयास रहने बताइन् ।

एलिनाले गतवर्षको आफ्नो जन्मदिन बृद्धाआश्रममा मनाएकी थिइन् । त्यसअगाडि पनि उनी सामाजिक काममा रुचि राख्दै आएकी थिइन् । आउँदा दिनमा सामाजिक कामलाई अझ राम्रो तरिकाले अगाडि बढाउने उनको सोँच छ ।

एलिना आउँदा दिनमा आफूले पाएको पारिश्रमिकबाट केही रकम समाजसेवाका लागि छुट्याउने सोँच रहेको बताइन् ।

‘पहिले थोरै–थोरै सहयोग गर्दै आएकी थिए । अब अलि राम्रो तरिकाले सहयोग गर्ने सोँच छ’ उनले भनिन्, ‘मैले पाएको पारिश्रमिकबाट केही रकम बचत गर्दै समाजसेवाका लागि छुट्याउने सोँचेकी छु ।’