वरिष्ठ अधिवक्ता थापाको तर्क : राष्ट्रपतिबाट सांसदको अधिकार हनन भयो

समाचार

९ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधिसभाका बहुमत सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेपछि राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् ।

संसद विघटन मुद्दामा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै उनले राष्ट्रपतिले १४९ सांसदको हस्ताक्षरलाई अस्वीकार गरेर सांसदहरुको अधिकार हनन गरेको जिकिर गरे ।

उनले राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा अस्वीकार गरेको कदम सच्याउनुपर्ने बताए ।