भरखरै भक्तपुर बाट आयो डरलाग्दो खबर

समाचार

काठमाडौ । मध्यपुरथिमि नगरपालिका –९ निकोसेरास्थित एकै परिवारका तीन जनाको ज्यान लिएको अवस्थामा आज शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका सदस्यको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । आफ्नै घरको चौथो तलाको भान्छाबाट कौसी निस्कने ठाउँमा ३६ वर्षीय अधिकारी, दोस्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेस्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । दोस्रोे तलाको भ¥याङ नजिकै कुकुरसमेत मरेका अवस्थामा भेटिएको बताइएको छ । पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला??