आइफोन १३ कहिले आउँछ ? के के छन् फिचर्स ?

सूचना प्रविधि

१२ साउन, काठमाडौं । आमरुपमा एप्पलले हरेक वर्ष सेप्टेम्बर महिनामा आफ्नो आइफोनको नयाँ सिरिज सार्वजनिक गर्दै आएको छ । यो पटकको सेप्टेम्बर आउनै लागेको हुनाले एप्पल फ्यानहरु नयाँ आइफोनको व्यग्र पर्खाइमा छन् । एप्पलको आसन्न नयाँ संस्करणको आइफोनको नाम आइफोन १३ हुने अपेक्षा गरिएको छ र यो सँग सम्बन्धित विभिन्न जानकारीहरु सार्वजनिक भैसकेका पनि छन् ।

एप्पल निकट श्रोतहरुको हवाला दिँदै विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित समाचारहरुका अनुसार आइफोन १३ को डिस्प्लेमा हुने नचको आकार आइफोन १२ को तुलनामा केही सानो हुनेछ ।त्यस्तै आइफोन १३ प्रो सिरिजमा १ टेराबाइट स्टोरेजको अप्सन हुने पनि बताइएको छ । अनि आइफोन १३ मा २५ वाटको फास्ट चार्जिंग सपोर्ट पनि रहनेछ ।

आइफोन १३ सिरिजका सबै मोडलमा LiDAR सेन्सर हुनेछ । ब्लुम्बर्गको रिपोर्ट अनुसार आइफोन १३ मा अलवेज अन मोड पनि हुनेछ ।

कतिपय रिपोर्टहरुमा के पनि दाबी गरिएको छ भने एप्पलले यो पटक आइफोन १३ ल्याउँदा थप एक नयाँ रङको भेरिएन्ट पनि ल्याउनेछ । उक्त नयाँ कलर भेरिएन्टको नाम सनसेट गोल्ड हुने बताइएको छ ।

आइफोन १३ को साइज आइफोन १२ जत्तिकै हुने र डिजाइन पनि लगभग उस्तै हुने दाबी गरिएको छ । यद्यपि आइफोन १३ को क्यामरा बम्प चाहीँ पहिलेका मोडलमा भन्दा केही ठूलो हुनेछ ।

आइफोन १३ सिरिजमा कस्तो क्यामरा रहला ? यो धेरैको चासोको विषय हो । लोकप्रिय टिप्स्टर Ming Chi Kuo का अनुसार आइफोन १३, आइफोन १३ मिनी तथा आइफोन १३ प्रो मा आइफोन १२ मा जस्तै सेभेन इलिमेन्ट वाला वाइड एंगल क्यामरा हुनेछ ।

आइफोन १३ प्रो म्याक्समा चाहीँ त्यसभन्दा फरक क्यामरा हुने बताइएको छ । तथापि सबै मोडलका क्यामरामा LiDAR सेन्सर राखिनेछ । त्यस्तै आइफोन १३ सिरिजका क्यामरामा अटोफोकसन तथा अल्ट्रा वाइड लेन्स हुनसक्ने बताइएको छ । अनि भिडियोमा पनि पोट्रेट मोड सपोर्ट हुनेछ ।

आइफोन १३ प्रोमा हुने अलवेज अन डिस्प्ले सबैभन्दा चर्चाको विषय बन्ने देखिएको छ । ब्लुम्बर्गका अनुसार आइफोन प्रो मा १२० ज्श को रिफ्रेस दर भएको डिस्प्ले रहनेछ । यस्तै डिस्प्ले Low temperature polycrystalline oxide अर्थात LTPO ले बनेको हुन्छ र यसको ब्याट्री खपत दर निकै कम रहनेछ । साथै सदैव अन रहने डिस्प्ले हुने भएकाले आइफोन १३ सिरिजमा थप शक्तिशाली ब्याट्री पनि हुने बताइएको छ

आइफोन १३ सिरिजमा A15 प्रोसेसर हुनेछ । कम्पनीले यसलार्य संसारकै सबैभन्दा फास्ट मोबाइल प्रोसेसर भएको दाबी गरेको छ ।

आइफोन १३ सिरिज फाइभ जी फोन हुनेछन् । त्यसैले नयाँ आइफोनमा क्वालकोम स्नापड्रागन x60 प्रोसेसर प्रयोग हुनेछ ।

एजेन्सीको सहयोगमा