पारस खड्का मिस हुनेछन् : प्रशिक्षक वाटमोर

खेलकुद

२० साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस खड्का क्रिकेटकाे मैदानमा मिस हुने नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले बताएका छन् ।

बिडीक्रिकटाइम डट कमसँगकाे कुराकानीमा वाटमाेरले यसाे भनेका हुन् । ‘पारस दु:ख का साथ मिस हुनेछन् । हामी धेरैले यस्ताे हुन्छ भन्ने साेचेका थिएनाैं ।’ वाटमाेरले भनेका छन् ।३४ वर्षीय पारसले मंगलबार बिहानै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घाेषणा गरेका थिए ।

सन् २००४ मा डेब्यु गरेका पारसले २००९ देखि २०१९ सम्म नेपालकाे कप्तानी गरेका थिए ।