दलितसँग अन्तरजातीय विवाह गरेर ल्याएकी श्रीमती आज छोरा छोडेर बेप’त्ता(भिडियो हेर्नुहोस्)

समाचार

आजको नेपाली समाज एक्काइसौं शताब्दीमा आएर पनि छुवाछूत प्रथाबाट माथी उठ्न सकेको छैन।समाजमा आज दलित माथिको भेदभाव तथा छुवाछूत कायमै छ। कानूनमा उल्लेख भए तापनि व्यबहारमा अहिलेसम्म हट्न सकेको छैन।त्यसमा त झन् दलित अन्तरजातीय विवाहलाई त निकै चुनौती हुने गर्दछ यो समाजमा गरीखानको लागी।यस्तै एउटा अन्तरजातीय विवाहको कथा त्यसमा झन् दलित भनिएकी आफ्नै श्रीमतीले छोडेर धोका दिएको कथा प्रश्तुत गरिएको छ।

उदयपुर जिल्ला कटारी नगरपालिकाका मन कुमार भुजेलले आज भन्दा करिब १०-११ वर्ष अगाडि कल्पना नेपाली (सार्की)सँग बिहे गरे र उनका दुई छोराछोरी समेत छन्।छोरा अहिले ११ वर्षको भयो।मन कुमार भुजेल काठमाडौतिर ज्यामी मजदुरको काम गर्दै परीवार चलाउँदै आइरहेका थिए भने कल्पना आफ्नै माइतीमा छोराछोरीको साथ लिएर बस्ने गर्दथिन्।तर अहिले कल्पना आफ्नो सानो छोरी लिएर छोरा छोडेर सम्पर्कबिहीन भएकी छन्।

उनलाई खोजी गरिदिन आग्रह गर्दै उनी कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजाकहाँ आइपुगेका छन्। उनी आफ्नो माइतीको समेत सम्पर्कमा नभएको उनले बताएका छन्।उनी भन्छन्,उनीसँगको प्रेमको लागि भनेर सब कुरा त्यागेर यो समाजसँग समेत संघर्ष गर्दै उनलाई स्वीकार गरेर बसेका थिए।अहिले छोरालाई फोन गरेर कुरा गर्दा ममीसँग जाने भनेर रातदिन रु’ने गर्दछ।उनका अनुसार आजसम्म उनीहरू बीच कुनै पनि नराम्रो सम्बन्ध पनि थिएन।

मन कुमारको परीवारले पनि आजसम्म खास विभेद नगरेको र आमा बुबाले समेत बुहारी स्वीकार गरेर सँगै खाने बस्ने समेत गर्दै आएका थिए।गाउँसमाजमा उनलाई बिहे गरेदेखि कुरा काट्नेहरू धेरै थिए।आज एक्कासि उनी आफ्नो घर परीवारलाई समेत त्यागेर भएको छोरालाई छोडेर गएकी छन्। न त उनले अरु कसैसँग बिहे गरिन् न त त्यत्तिकै बसिरहेकी छैन् कुनै पनि अत्तोपत्तो छैन।(भिडियो हेर्नुहोस्):-