पूर्व मन्त्रीको दिदी रुँदै मिडिया,१४ वर्षदेखि श्रीमान घर फर्केनन्(भिडियो हेर्नुहोस्)

समाचार

सुर्खेत वीरेन्द्रनगरबाट पूर्व मन्त्री पूर्ण बहादुर खड्काकी माइली दिदी कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजा कहाँ भेट्न भनेर आफ्नो छोरी ज्वाईं सहित आइपुग्नु भयो।उहाँको श्रीमान तारा केशर अर्याल आजभन्दा १४ वर्ष अगाडि घर छोडेर जानुभएको रहेछ।आफ्नो कान्छो छोराको मृ’त्यु भैसकेपछी बि’रक्ति’एर उहाँ घर छाड्न पुग्नुभएको रहेछ।अरुलाई उहाँले अब मलाई घर बस्न सक्दिन,मन नै पटक्कै लाग्दैन भनेर बताउनुभएको पनि सुनिन आएको छ।

उहाँ राष्ट्रिय वाणिज्य वैंकमा कार्यरत कर्मचारी हुनुहुन्थ्यो र क्यासियरबाट उहाँले पेन्सन पनि पकाउनुभएको थियो तर उहाँ हिँडे देखि नै श्रीमतीले आजसम्म पनि उहाँको पेन्सन झिक्नुभएको छैन।उहाँ अहिले ७५ वर्ष पुग्नुभएको छ भने उहाँको श्रीमान अहिले संसारमा बाँचेर बसेको भए ७६ वर्ष पुग्नुभएको छ।उहाँ अहिले पनि आफ्नो श्रीमान आउनुहुन्छ होला,कहिँ कतै बाँचेर नै बसिरहनुभएको होला भनेर आशै आशामा बाँचिरहेकी छिन्।

छोरी देब कुमारी बस्नेत भन्छिन्,बुबाको धेरै याद आइ रहन्छ।बुबाले सारै नै माया गर्नुहुन्थ्यो,अहिले पनि कहिलेकाही चाडपर्व आएको बेला र अरुबेला पनि घर बाहिर कोहि आयो जस्तो लाग्यो भने पनि आफ्नै बुबा आएको जस्तो झल्को आउन जान्छ।कहिलेकाही सपनामा पनि बुबा आउनुहुन्छ,घरमै आएको जस्तो भान हुन जान्छ।बाहिर दौडेर हेर्न जाँदा बुबालाई नपाएपछि आशा पनि निराशामा परिणत भैदिन्छ।

उहाँ रुँ’दै भन्नुहुन्छ,घरमा छोरो मान्छे भएको जस्तो नहुने रहेछ,गाउँमा अरुले हेर्ने नजर पनि अलिक फरक हुने रहेछ।श्रीमान घरमा भएको भए अरुले हेपेर ,होच्याएर बोल्दैनन् थिए।उहाँको श्रीमान घर छोडेर गएका दिन एक रात आफन्तकहाँ गएर बसेका र त्यसको भोलिपल्ट त्यहाँबाट निस्केर हिँडेका रहेछन्। आजसम्म पनि घर नफर्केपछी आफ्नो श्रीमान फर्कने आशामा उहाँ सन्तोष देउजाकहाँ आउनुभएको हो।

अहिले पनि श्रीमान कतिपयले मन्दिरमा बसेको र कहिँकतै देखेको जस्तो गरेर बताइदिन्छन्।यस्तो कुरा सुन्दा उहाँलाई कतै भेट पो भैहाल्छ कि भनेर म’रि’सकेको झिनो आशा पनि फेरि पलाएर आउने गर्दछ।अझै पनि कोहि कतैले भेट्नुभएमा सम्पर्क गराइदिनुहुन विनम्र आग्रह गर्दै उहाँ मिडिया मार्फत आफ्नो श्रीमानलाई घर आउन आग्रह गर्दछिन्। (भिडियो हेर्नुहोस्):-