बिहे गरेको १५ दिनमा श्रीमती छोडेर गएका वीर बहादुर २६ वर्षपछि सम्पर्कमा(भिडियो हेर्नुहोस्)

समाचार

आजभन्दा २६ वर्ष अघि २०५३ सालमा बिहे गरेको १५ दिनमै घर छोडेर गएका अर्घाखाँचीका वीर बहादुर विश्वर्कर्मा अहिले सम्पर्कमा आएका छन्।उनी हाल भारतको राजस्था नबाट पत्रकार सन्तोष देउजासँग सम्पर्कमा आएका हुन्।उनले आफू जन्मेको घर,बुबाको नाम,गाउँ टोल सबै थाहा पाएको र सन्तोष देउजालाई घरमा गएर आफ्नो श्रीमती,बुबाआमा घरमा भएनभएको जानकारी गराउन फोन गराइदिनुहुन आग्रह गरेका छन्।

उनलाई थाहा छैन कि उसको बुबाआमा अहिले जिउँदो हुनुहुन्छ वा म’रि’सक्नुभयो त्यही पनि उनी अझै पनि बुबाआमालाई घरमा जिवीत नै भएको भेट्न चाहन्छन्।उनलाई लाग्दैन कि उनकी श्रीमती भगती बिकले अझैसम्म उनलाई पर्खेर बसेकी छिन्। उनी आफै परिबन्धले गर्दा भारतमा बस्नुपरेको,जवानी रहुञ्जेलसम्म केही थाहा नपाएको र अहिले बुढेसकाल लागेपछि,हातगोडाले काम गर्न छोडेपछि अहिले घर परीवारको याद आएको बताउँछन्।

उनी जस्तै धेरै जनाले अहिले पनि आफूले जन्मेको घर,परीवारलाई छोडेर भारतमा गएर बसिरहेका छन्।उनी अहिले आफू जस्तै घर परीवारलाई त्यागेर हिँड्नेहरूलाई सम्झाउँदै घर परीवार जस्तो ठूलो केही नभएको बताउँछन्।उमेर,जवानी हुँदा जहाँ जतासुकै गए तापनी बेला पुगेपछि घर फर्कनै पर्दोरहेछ भन्दै बुझाउँछन्।सन्तोष देउजाले उन लाई निष्ठूरी रहेको भन्दै सन्झाएका छन्।

उनी अहिले राजस्थानमा १४ वर्षदेखि एउटै साहुकोमा काम गर्दै आएका छन्।उसले पनि यहीँ बस्न आग्रह गरेको छ तर उनलाई अब घर नै जानुपर्छ भन्ने लागिसकेको छ।उनी त्यतिबेला मस्त जवानीमा थिए भने अहिले पचास वर्ष कटिसकेका छन्। उनका बुबाआमा त्यतिबेला पचास पच्पन्न वर्षका थिए भने अहिले सत्तरी पचहत्तर कटिसकेका छन् यदि जिवीत रहेका छन् भने तर उनलाई अहिले आफ्नो बुबाआमा जिवीत रहेको वा नरहेको केही पनि थाहा छैन।

उनी भन्छन्,यतिबेला मोबाइलको जमना पनि थिएन,चिठी पत्रको बेला थियो।उनी रोजगारीको सिलसिलामा भारतको बिभिन्न ठाउँमा गए।अहिले उनी अब चार पाँच महिना पछि नेपाल फर्कने तयारी गरिरहेका छन्।यसै बिषयमा उनले कपुरबोट मिडियाका पत्रकार संतोष देउजासँग भिडियो कल मार्फत गरेको कुराकानी यहाँ प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला,धन्यवाद।