१२ बजे राती चिहानमा आत्मा देखाउने धामीको चमत्कार (भिडियो हेर्नुहोस्)

समाचार समाज

नेपाली समाज आज पनि धामी,झाँक्री,भूतप्रेत जस्ता कुराहरूको विश्वास गर्दै आइरहेको पाइन्छ।यो प्रथा धेरै वर्ष अगाडिदेखि आजसम्म चल्दै आइरहेको छ।मानिस हरू दुख,बिराम पर्दा अहिले पनि धामी, झाँक्री,माताको झारफुक प्रणालीमा विश्वास गरि आफू निको भएको महसुस गर्दछन्।कतिपय धामी झाँक्रीले असाधारण तरिकाले बिरामी निको पारेको भनी दाबी गर्ने मानिस हरू अहिले पनि भेटिन्छन्।

विशेषगरी ग्रामीण भेगका मानिसहरू धामीहरूले गर्ने तान्त्रिक विधीहरूमा विश्वास गर्दै अस्पताल भन्दा पनि धामीझाँक्रीको बिधिप्रकियालाई आधिकारिक मान्ने प्रचलन छ।यस्तै एकजना निकै कहलिएका एकजना धामी साङ माङ शिवालय मन्दिरमा उनले आफ्नो विभिन्न तान्त्रिक कर्मद्वारा बिरामीहरूलाई सेवा दिँदै आइरहेका छन्।

उनले फुकेर निको हुने वा नहुने छुट्टै कुरा होला जसको लागि एक रिसर्चकै आवश्यकता पर्ला तर जनमानसमा धामीले फुकेपछी निको हुन्छ भन्ने प्रभावले गर्दा एक किसिमको मानसिक सन्तुष्टि चाहिँ अवश्य पनि मिल्ने गर्दछ।यो पनि कुनै पनि किसिमको बिरामीबाट छुटका रा पाउने एक उपाय पनि हो।किनकि यही कारणले नि कुनै पनि रोगको आधा उपचार भएको मानिन्छ। कति पय डाक्टरले समेत धामी लगाउनु भनेर सल्लाह दिने गरेका हुन्छन्।

यसको अर्थ यो हो कि धामीमा विश्वास गर्नेहरूले झारफुक बाट आफू निको भएको अनुभुत गर्न सक्छन् भने यसले पनि उनीहरूलाई निको हुन सघाउ पुर्‍याउने गर्दछ। डाक्टर र नर्सले अस्पतालमा बिरामीसँग गफिने व्यबहारले पनि बिरामीलाई बिश्वास र आशा दिने गर्दछ।तसर्थ,मेडिकल साइन्सले समेत बिरामीको विश्वास र मनोवैज्ञानिक अवस्था लाई मध्यनजर गरेर उपचार पद्धति अवलम्बन गर्ने गर्दछ।

यस्तै पूर्वमा एकजना निकै नै कहलिएका झाँक्री जसले १२ बजे राती चिहानमा आत्मा देखाएको पनि भन्ने विश्वास स्थानीयले गर्दै आइरहेका छन्।अहिले त्यीनै धामीकोमा एकजना युवती झारफुकको लागि भनेर अएकी छन्।उन लाई झाँक्रीले ठाउँको ठाउँ रु’वाए’को र उनको शरीरबाट आत्मा बोलेको भिडियो भाइरल भएको छ।कृपया भिडियो हेर्नुहोस्।