बाबू बिना नै बच्चा जन्माएकी सुत्केरी कोठा जान्छु भन्दै झु’क्का’एर भागिन्(भिडियो हेर्नुहोस्)

समाचार

केही दिन अगाडि काठमाडौँमा एक सुत्केरी महिला आठ दस दिनको बच्चा बोकेर बाटो बाटो माग्दै हिडेको भेटिइन । उनलाई स्थानीय एक महिलाले भेटी आफ्नो कोठमा लगि खाना दिइन । त्यसपछि त्यहाँका स्थानीयहरुले उनलाई त्यहिँ राखी खाना बस्न दिएर मिडियामा खबर गरे । साउन 18 गते आफू काम गर्ने गरेकै ठाउँमा बच्चा जन्माएकी ती महिलालाई न त आफ्नो नाम नै थाहा छ, न घर, न त त्यो बच्चाको बाबुको नाम नै थाहा छ ।

उक्त महिलालाई आश्रय दिएकी ती महिलाका अनुसार ती सुत्केरी महिला त्यही नजिकैको एउटा गाई फर्ममा काम गर्ने गरेको बताइन । त्यही बच्चा जन्माए पछि उनलाइ सुत्केरी भएपछी काम गर्न नसक्ने भन्दै काममा नआउनु भनेको ती सुत्केरी महिलाले बताइन । त्यसपछी भने उनी माग्दै हिडेकी थिइन । मनसिक रुपमा कुनै समस्या भएको जस्तो केही पनि व्यबहार अहिलेसम्म आफुहरुले थाहा नपाएको उनलाइ आश्रय दिएका स्थानियहरु बताउछन ।

खासै खुलेर नबोल्ने ती महिला उनलाई सुन्दरीजल नजिकै एकजना ठेकेदारले काममा लगाइदिन्छु भन्दै फसाएको बताइन । केही महिना सगैँ बसेपछी एकदिन उनी कामबाट फर्किदा कोठामा भएको सम्पुर्ण समान लिएर ती ठेकेदार भागेको उनी बताउछिन । त्यसपछी उनी उक्त गाई फर्ममा आएर काम गर्न थालेको पनि बताइन । मिडियामा यो खबर आएपछी भने उनी नुवाकोटको मुलखर्क तिरको भएको जानकारी आएको छ ।

यो खबर बाहिर आएपछी उक्ति महिलालाइ आफ्नो भाउजू हो भन्ने दाबी गर्दै एक महिला उनलाइ लिन आएकी छन । तर उक्त महिलाले भने आफुले उस्लाइ नचिनेको भन्दै बोल्न मानिनन । ती महिलालाइ आफ्नो भाउजू दाबी गर्ने महिलाका अनुसार उक्त महिकाको श्रीमानको नाम दिलबहादुर भएको बताइन । गत जेठ महिनामा दिलबहादुर घर आए पनि भाउजू न आएको र फोनमा केही दिनमा आउने भनेको बताउछिन । उनका अनुसार दाइ दिलबहादुर मिस्त्री हुन । बाबू बिरामी भएर गर गएको र बाबुकि निधन भएकोले लिन आउन नपाएको उनले बताइन । पछि सम्पर्क नै नभएको ती महिलाले बताइन ।

तर भोलिपल्ट भने प्रहरीसहितको टोलिले उनलाइ आफन्त खोजी गरि जिम्मा लगाउने तयारी गर्दै गर्दा उनी भने सुन्दरीजमा भएको आफ्नो कोठामा जान्छु भन्दै हिड्न तयार भइन । प्रहरी लगाएतले उनलाइ उनकै कोठामा पुर्याइदिने बिचार गर्यो तर उनी भने प्रहरी र उपस्तिथ सबैलाइ झुक्याएर हिडिन । प्रहरी लगायत मिडियाको टिम उनलाइ पछ्याउँदै गयो । उनी आफु गाई फर्ममा काम गर्दा खाजा खाने होटलमा गएर बसिन ।

केही दिन अगाडि सम्म आफ्नो नाम, घर केही थाहा नभएको बताउने उनी अहिले भने आफ्नो माइती मुलखर्क भएको बताइन र आफ्नो दाजुहरुको नाम सन्जिब तामाङ, राजु तामाङ र बिकास तामाङ भएको बताइन । साथै उनलाइ गाउँघरमा माइली तामाङ भनेर बोलाउने, चिन्ने गरेको पनि बताइन । स्थानियका अनुसार केही महिना आगामी उनिसगँ 4/5 वर्षकि छोरी पनि सगैँ देखेको बताएका छन ।

उनका अनुसार दुई वटा श्रीमान भएको पनि बताइन । तर अहिलेको बच्चा कस्को हो त्यो उनलाइ पनि थाहा छैन । यसैबिच अहिले गागलफेदी भन्ने ठाउँबाट उनका श्रीमानका आफन्त सम्पर्कमा आएका छन । तर ती श्रीमान कुन हो त्यो खुल्न सकेको छैन । केही दिन अघि आफुलाइ नन्द दाबी गर्ने र अहिले सम्पर्कमा आउने एकै हुन या फरक हुन त्यो पहिचान गर्न प्रहरीले प्रयास गरिरहेको छ । तर उक्त महिलाबाट भरपर्दो केही जानकारी नआएकोले उनको वास्तविक पहिचान खुल्न सकेको छैन ।(तल भिडियो हेर्नुस )