बाबु बिना नै बच्चा जन्माइन एक महिलाले, भन्छिन् मलाई ठेकदारले फ’सा’यो (भिडियो हेर्नुस)

समाचार

कतिपय अवस्थामा बरु छोराछोरीलाई आफ्नो बाउआमा को हुन भन्ने थाहा नहुन सक्ला तर एक आमालाई आफ्नो सन्तानको बाबू भने थाहा हुन्छ, यदि उ मानसिक रुपमा स्वस्थ रहेमा । तर मानसिक रुपमा पनि स्वस्थ हुदाहुदै पनि आफ्नो नाम, घर, आफ्ना आफन्त, श्रीमान इत्यादि थाहा नहुने घट्ना सायाद नै नहोला । यस्तै एउटा घट्ना अहिले बाहिर आएको छ । जो मानसिक रुपमा स्वस्थ महिला तर उनलाइ आफ्नो केही थाहा छैन ।

केही दिन अगाडि काठमाडौँमा एक सुत्केरी महिला आठ दस दिनको बच्चा बोकेर बाटो बाटो माग्दै हिडेको भेटिइन । उनलाइ स्थानीय एक महिलाले भेटी आफ्नो कोठमा लगि खाना दिइन । त्यसपछि त्यहाँका स्थानीयहरुले उनलाई त्यहिँ राखी खाना बस्न दिएर मिडियामा खबर गरे । साउन 18 गते आफू काम गर्ने गरेकै ठाउँमा बच्चा जन्माएकी ती महिलालाई न त आफ्नो नाम नै थाहा छ, न घर, न त त्यो बच्चाको बाबुको नाम नै थाहा छ ।

उक्त महिलालाई आश्रय दिएकी ती महिलाका अनुसार ती सुत्केरी महिला त्यही नजिकैको एउटा गाई फर्ममा काम गर्ने गरेको बताइन । त्यही बच्चा जन्माए पछि उनलाइ सुत्केरी भएपछी काम गर्न नसक्ने भन्दै काममा नआउनु भनेको ती सुत्केरी महिलाले बताइन । त्यसपछी भने उनी माग्दै हिडेकी थिइन । मनसिक रुपमा कुनै समस्या भएको जस्तो केही पनि व्यबहार अहिलेसम्म आफुहरुले थाहा नपाएको उनलाइ आश्रय दिएका स्थानियहरु बताउछन ।

खासै खुलेर नबोल्ने ती महिला उनलाई सुन्दरीजल नजिकै एकजना ठेकेदारले काममा लगाइदिन्छु भन्दै फसाएको बताइन । केही महिना सगैँ बसेपछी एकदिन उनी कामबाट फर्किदा कोठामा भएको सम्पुर्ण समान लिएर ती ठेकेदार भागेको उनी बताउछिन । त्यसपछी उनी उक्त गाई फर्ममा आएर काम गर्न थालेको पनि बताइन । मिडियामा यो खबर आएपछी भने उनी नुवाकोटको मुलखर्क तिरको भएको जानकारी आएको छ ।

यो खबर बाहिर आएपछी उक्ति महिलालाइ आफ्नो भाउजू हो भन्ने दाबी गर्दै एक महिला उनलाइ लिन आएकी छन । तर उक्त महिलाले भने आफुले उस्लाइ नचिनेको भन्दै बोल्न मानिनन । ती महिलालाइ आफ्नो भाउजू दाबी गर्ने महिलाका अनुसार उक्त महिकाको श्रीमानको नाम दिलबहादुर भएको बताइन । गत जेठ महिनामा दिलबहादुर घर आए पनि भाउजू न आएको र फोनमा केही दिनमा आउने भनेको बताउछिन । उनका अनुसार दाइ दिलबहादुर मिस्त्री हुन । बाबू बिरामी भएर गर गएको र बाबुकि निधन भएकोले लिन आउन नपाएको उनले बताइन । पछि सम्पर्क नै नभएको ती महिलाले बताइन ।

ती सुत्केरी महिला भने आफ्नो कोठा सुन्दरीजल नै गएर बस्ने अरु कसैसगँ नजाने बताउछिन । बरु कुनै आश्रममा आफ्नो बच्चा सहित राखिदिने कोहि भए त्यहा पनि बस्ने बताइन । तर केहिदिन अगाडि बाटो बाटो माग्दै हिड्दा भने यदि कोहि आफ्नो बच्चालाइ लगेर राम्रो सगँ पालनपोषण गर्ने भेटिए दिने भनेको तर अब नदिने बताइन । आफुलाइ नन्द दाबी गर्ने महिला भने यदि अहिले आफुहरुसगँ नगए केही दिनमा दाईलाई लिएर आउने पनि बताइन । (तल भिडियो हेर्नुस )