बिदेशमै गर्भवती बनाएर केटा फ’रार, घरआउँदा तल्लो जात भन्दै गाउँ निकाला (भिडियो हेर्नुस)

समाचार

नेपालमा कानुनी रुपमा जातीय छुवाछूत र बहुबिबाह निशेध गरिएकी छ । यदि यसो गरेमा कानुनी सजायको पनि ब्यवस्था छ । छुवाछूत सम्बन्धि कानुन धेरै अगाडि बनेको भए ता पनि त्यसको कार्यनयन भने भएको देखिदैन । अझै पनि देशको विभिन्न ठाउँमा छुवाछूतले जडा गाढेको देखिन्छ । यस्ता घट्नाहरुले बेला बेलामा ठुलै समस्या निम्त्याउने गरेको देखिन्छ । सरकारले यश विरुद्ध थुप्रै खर्च गरेता पनि त्यसको परिणाम भने शुन्या जस्तै देखिन्छ ।

अहिले फेरि यस्तै घट*ना बाहिर आएको छ । झापाकी ललिता नेपाली र मुगुका कपुर बमबिच को सम्बन्धको । ललिता र कपुर दुबै रोजगारीको शिलशिलामा बिदेशमा थिए । उनिहरुबिच उतै चिनजान भै शारीरिक सम्बन्ध हुने गरेको खुलेको छ । ललिता अहिले गर्भवती छिन । कपुर भने पहिले नै बिबाहित हुन । उनि घरमा श्रीमती छोडी बिदेश गएका थिए । जहाँ उनको भेट ललितासगँ भयो र उनिहरु सम्बन्धमा रहन थाले ।

तर कपुर बम ललिता नेपाल आउनुभन्दा तीन महिना अगाडि नै ललिता कै खर्चमा नेपाल आए र ललितासगँ सम्पर्क बिहिन भए । तीन महिना पछि गर्भवती ललिता पनि नेपाल आइन तर उनको कपुरसगँ सम्पर्क हुन सकेन । नेपाल आएर ललिताले मिडियामा मार्फत आफ्नो हालत बताइन । साथै उनले प्रहरी सहित विभिन्न संघ संस्था मार्फत कपुरको खोजी गरेको थाहा कपुरले पाए । तब मात्र उनी ललिताको सम्पर्कमा आए ।

मिडिया मार्फत यो कुरा कपुरको गाउँघर सम्म पुग्यो । त्यसपछी कपुर ललितालाइ लिन झापा आए । जब उनी झापा आए तब ललिता तथा उनको घरपरिवारले थाहा पायो उनी बिबाहित र घरमा तल्लो जातको केटिलाई बिहे गरि ल्याउनु लाहेको भन्दै उनलाइ गाउँ निकाला गरि पठाएको । त्यो थाहा पाए पछि ललिताका बाबुले छोरिलाइ नपठाउने बिचार गरे । परिवारले नमान्ने भए पछि कपुर र ललिता आ*त्मा*हत्*या गर्न डो*रि बोकेर गएको ललिताका भाईले देखे पछि उनिहरु बिबाह गरिने टुङ्गोमा पुगेका थिए । त्यो थाहा पाएर आफुले टीका लगाइदिएर केही खर्च दिई पठाएको ललिताका बाबुले बताए ।

कपुर मुगुमा आफ्नी जेठी श्रीमतीलाई कुटपिट गरि आएको पनि ललिताका बाबुले बताए । अर्कि श्रीमती ल्याउन जान लागेकी त्यि पनि तल्लो जातको भन्दै घरमा झगडा भएपछी उनले कुटपिट गरेको र गाउँलेहरुले पनि तल्लो जातकोसगँ बिहे गर्न लागेको भनेर गाउँ निकाला गरि पठाएको आफुले थाहा पाएको उनले बताए । झापा आएर ललितालाई लिइ कपुर बुटवल गएको र त्यहा ललितालाई छोडेर कपुर अन्त्यै कतै गै दुई दिन सम्म नफर्किए पछि ललिताका बाबुले आफुलाइ छोरिलाइ केही होला कि भनी प्रहरीमा उजुरी दिएको बताए ।

उता मुगुमा अंर्तरजातिय विवाह अस्विकार गरि गाउँमा बस्न नपाए पछि अहिले भने कपुर बम आफ्नी जेठी श्रीमती सहित ललितालाइ लिएर झापा नै बस्न आउदै गरेको पनि ललिताका बाबुले बताए । कपुरकी जेठी श्रीमती पनि अहिले गर्भवती छिन । उनिहरु झापा आउने कुरामा आफुलाइ खुशी नै लागेको ललिताका बाबू बताउँछन । आफुले अरु केही अर्थिक सहयोग गर्न नसक्ने तर गरि खानेहुँदा आफुसँग प्रशस्त जग्गा भएको र त्यो गरिखान दिने उनले बताए । दुबै श्रीमतिलाइ मिलाएर राखी राम्रोसगँ गरि खाए आफुले सकेको सहयोग गर्ने र खुशी नै लाग्ने पनि उनले बताए । ( तल भिडियो हेर्नुस )