टिकटकमा लाइभ आएर पीडा पोखेकी दिदी सन्तोष देउजाकहाँ आइन्(भिडियो हेर्नुहोस्)

समाचार

एकपटक पत्रकार सन्तोष देउजा आफू भारततिर हुँदा टिकटकमा लाइभ आएर आफ्नो दुख व्यक्त गर्दै गरेकी एकजना महिलालाई देखे।उनका समर्थकहरू र अन्य कमेन्ट गर्ने वालाहरूले एकपटक सन्तोष देउजाकहाँ जानुनी भन्दै सल्लाह पनि दिँदै थिए।त्यत्तिकैमा सन्तोड देउजा आफैंले कमेन्ट गर्दै म चितवन फर्केपछि मलाई भेट्नुहोला भन्दै कमेन्ट गरे।अहिले त्यी नै महिला जस को नाम तिलमाया कुमाल हो भने उनलाई श्रीमानले राखिदिएको नाम अमृता कुमाल हो।

अहिले उनी आफ्नो पीडा लिएर पत्रकार सन्तोष देउजा कहाँ आइपुगेकी छन्।उनको घर नवलपुर जिल्लाको चोरमारा भन्ने ठाउँमा रहेको छ।उनका दुई छोराहरू छन्। ठूलो छोरा १५ वर्षको छ भने सानो छोरा ७ वर्षको भएको छ।उनको श्रीमान आशिष कुमाल विगत १२ वर्षदेखि कतारबाट आउँदै जाँदै गरिरहेका थिए। पछिल्लो समय दुई वर्षदेखि उनी घर आएका छैनन् र श्रीमतीसँग पनि एक बर्ष भन्दा बढी भयो उनले बोल्न छोडेका।

उनकी श्रीमान तिलमायालाई आफ्नो श्रीमानको इमो सधैं ब्यस्त रहेको हुनाले कतै आफ्नो श्रीमान अन्त कतै लागेर आफूलाई विर्सँदै छ कि भनेर जान्न मन लाग्यो।उनले गाउँकै एकजना दिदीले भने बमोजिम एउटै इमो आइडी बनाएर श्रीमानको इमो चेक गरिन् र श्रीमानले धेरै केटीहरूसँग बोल्ने गरेको थाहा पाइन्।त्यी मध्ये दुईजना जति त आफ्नै गाउँका बहिनीहरू रहेको समेत थाहा पाइन्।त्यसपछि उनले त्यी बहिनीहरूलाई सम्झाइन् र आफ्नो श्रीमानसँग त्यसरी नबोल्न आग्रह समेत गरिन्।

उनले श्रीमानको इमोमा बोल्ने अन्य केही महिलाहरूलाई पनि फोन गरेर आफू विवाहित भएको र छोराछोरी समेत भएको कारण आफ्नो श्रीमानसँग नबोलिदिन हुन आग्रह गरिन् र त्यी महिलाहरूले समेत बोल्न छोडेका थिए।उनको श्रीमानले अविवाहित भनेको कारणले बोल्ने गरेको तर थाहा पाइसकेपछि अबदेखि नबोल्ने भन्दै उनीहरू पनि बोल्न छोडेका थिए।तर त्यसपछि पनि उनले श्रीमानसँग बोल्ने एकजना महिला भेटिन्।जोसँग आफ्नो श्रीमानको फोटोहरू,भिडियो समेत देख्न थालिन्,त्यहाँदेखि आफ्नो मनले नमानेपछि उनी त्यी महिलासँग कुरा गर्न थालिन्।

त्यी महिला पनि अर्कैको श्रीमती भएर डिभोर्स भैसकेकी रहेछिन्।उनलाई पनि तिलमायाले निकै नै अनुनय गरिन् तर त्यी महिलाले उल्टै गाली गर्दै बीचमा नआउन भन्दै तथानाम बोल्न थालिन्।तिलमायालाई आफ्नो घर परीवार,सासू ससुरा ,नन्द आमाजू सबैले साथ दिइरहेका छन्।उनी अझै श्रीमानले त्यस केटीलाई छोडिदिन आग्रह गर्दै साथ दिने भनिरहेकी छिन्।श्रीमानकै मायाका लागि उनी आफू तल परेर भएपनी उनलाई साथ दिन खोजिरहेकि छिन्।उता श्रीमान भने श्रीमतीले आफ्नो बेइज्जत गरेको भन्दै अब म पैसा पठाउँदिन भनेर छोरालाई भनिरहेका छन्।उनीसँग पीडा धेरै भएर पनि हंसिलो अनुहार लिएर हिँडेकी छन्।कृपया उहाँसँग गरिएको कुराकानी भिडियो मार्फत हेर्नुहोला,धन्यवाद।(भिडियो हेर्नुहोस्)