दुनियाँलाई हसाउने वरिष्ठ हास्यकलाकार,’बखते’ अर्थात शम्भुराज थापा अस्ताए

समाचार

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को नि’धन भएको छ । उहाँको शनिबार बिहान करिब साढे ४ बजे पाटन अस्पतालमा नि’धन भएको हो । पारिवारिक स्रोतका अनुसार कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो । कलाकार थापा पछिल्लो समय टेलिफिल्म हल्का रमाइलो र गोलमालमा देखिँदै आउनुभएको थियो । उहाँलाई ९ दिनसम्म भेण्टिलेटरमा राखियो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि १९ दिन अगाडि अस्पताल भर्ना गरिएका थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण गत मंगलबार साँझबाट भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।कलाकार तथा निर्देशक जीवन थापाले भन्नुभयो दाईलाई जति प्रयास गरेपनि बचान सकिएन ।

‘१९ दिन अगाडि अस्पताल भर्ना हुनुभएका थापाको गत मंगलबार दिनसम्म अवस्था सामान्य नै रहेको थियो’ जीवनले भन्नुभयो ‘मंगलबार साँझबाट श्वास प्रश्वासलगायत केही समस्या देखिएकोले उहाँलाई थप उपचारका लागि भेन्टिलेटरमा सारिएको थियो ।’

भेन्टिलेटर ९ दिन राखियो । कुनै समय केही सुधार भएको देखिन्थ्यो । पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आउनुभएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन, चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।