पीडा लुकाएर हाँस्न सिकाए ११वर्षीय बालकले भन्छन्, औषधि खान गीत गाएको( भिडियो हेर्नुस )

समाचार

मानिसहरुसगँ विभिन्न प्रतिभावान हुन्छ्न । प्रतिभाको न त कुनै उमेर हुन्छ, न जात, न वर्ग, न कुनै भुगोल । हामिले देख्ने गरेका छौ कि कतिपय सानै बच्चाहरुको पनि दुनियाँ चकित बनाउने प्रतिभाहरु त कोहि वृद्ध उमेरकाहरुको । जो देख्दा जो कोहि चकित हुन्छन । अहिले सामाजिक संजालमा यस्तै प्रतिभावान एक बालक भाइरल भएका छन । उनका प्रतिभाको क्लिप हरु टिकटकमा थुप्रै भेटिन्छन । साथै ती क्लिपहरुको नक्कल गर्दै धेरैले त्यसमा आफ्नो टिकटक बनाएका छन ।

पाँचथर घर भै हाल काठमाडौको जोरपाटी बस्ने एघार वर्षीय पासाङ शेर्पा नाम गरेका बालक अहिले भाइरल भएका छन । सामाजिक संजाल टिकटकमा भाइरल बनेपछी उनको अहिले जताततै खोजी हुन थालेको छ । हरेक कुरा गर्दा पनि तुक्का जोडेर बोल्ने पासाङ गित गाएरै दैनिक सरदर पाचँ सय देखि एक हजारसम्म कमाउने गरेको बताउँछन । उनको दैनिकी अहिले काठमाडौका गल्लीहरुमा दिनहु यस्तै समसामयिक विषयमा गित गाउँदै बित्ने गरेको छ ।

यति सानै उमेरमा पनि उनलाइ राजनीति तथा सामाजिक विषयको राम्रो ज्ञान छ । उनी तिनै विषयलाई गित मार्फत गाएर सबैलाइ चकित बनाउँछन । आफ्नो औषधि उपचार गर्नको लागि यसरी बाटो बाटो गित गाउदै हिड्नु परेको बताउँछन । उनि क्षयरोगको बिरामी छन । आफ्नो परिवारको आर्थिक स्थितिले आफ्नो औसधि उपचार गर्न नपुग्ने भएकोले आफू अहिले यसै गल्ली गल्ली गित गाउँदै हिडेको बताउछँन । उनका अनुसार उनका बाबु अहिले काठमाडौमै गिटि बालुवा बोकेर बिहान बेलुकाको छाक टारी रहेका छन ।

सात वर्षको हुदा हर्नेको अप्रेसन गरेको उनले बताए । त्यसको केही महिना पछिबाट उनलाइ क्षयरोगले भेट्यो । पहिलो चोटि क्षयरोगले भेटी बिरामी भएर ढल्दा उनको हात भाँचिएको र टाउकोमा पनि चोट लागेको बताए । पाँचथरको फिदिम बजारमा एक ठाउँमा मात्र उक्त औसधि पाउने र यदि त्यो पनि कुनै बेला बन्द हुँदा औसधि खान नपाउने भएकाले उनलाइ लिएर उनको परिवार उपचार गर्नको लागि काठमाडौ आइ जोरपाटी बस्न थाल्यो । उनको पढाइ पनि त्यही हुन थाल्यो । पाँचथरमा 5 कक्षामा पढ्ने उनी काठमाडौ आएर 3 कक्षामा भर्ना भए । तर लकडाउनले स्कुल बन्द भएपछी उनले अहिले पढ्न पाएका छैनन । अनलाइन कक्षा भएता पनि मोबाईल नभएकोले त्यो पढ्न नपाएको उनले बताए ।

अहिले उनलाइ जताततै जादा पनि गित गाउने भाइ भन्दै चिन्ने गरेका छन । उनी भन्छन पाँचथरको फिदिममा त जाने बित्तिकै उ गीत गाउने भाइ आयो भन्दै उनलाइ गीत गाउन लगाउने गरेको पनि बताउछन । त्यता तिर दिनमा एक हजार देखि पन्ध्र सय सम्म कमाइ हुने उनी बताउछन । गीत गाएको पैसाले औसधि, कपि किताब, लुगा कपडा साथै घरमा खाने कुरा पनि किन्ने गरेको उनले बताएका छन । (तल भिडियो हेर्नुस )