बाबु चिनाउन नसकेकी सुत्केरीको उद्धार, बोलेको सबै झुट, माइतिले यसरि थर्काए (भिडियो हेर्नुस)

समाचार

केही दिन अगाडि काठमाडौँमा एक सुत्केरी महिला आठ दस दिनको बच्चा बोकेर बाटो बाटो माग्दै हिडेको भेटिएकि थिइन । उनलाइ स्थानीय एक महिलाले भेटी आफ्नो कोठमा लगि खाना दिइन । त्यसपछि त्यहाँका स्थानीयहरुले उनलाई त्यहिँ राखी खाना बस्न दिएर मिडियामा खबर गरे । साउन 18 गते आफू काम गर्ने गरेकै ठाउँमा बच्चा जन्माएकी ती महिलालाई न त आफ्नो नाम नै थाहा छ, न घर, न त त्यो बच्चाको बाबुको नाम नै थाहा छ ।

उक्त महिलालाई आश्रय दिएकी ती महिलाका अनुसार ती सुत्केरी महिला त्यही नजिकैको एउटा गाई फर्ममा काम गर्ने गरेको बताइन । त्यही बच्चा जन्माए पछि उनलाइ सुत्केरी भएपछी काम गर्न नसक्ने भन्दै काममा नआउनु भनेको ती सुत्केरी महिलाले बताइन । त्यसपछी भने उनी माग्दै हिडेकी थिइन । मनसिक रुपमा कुनै समस्या भएको जस्तो केही पनि व्यबहार अहिलेसम्म आफुहरुले थाहा नपाएको उनलाइ आश्रय दिएका स्थानियहरु बताउछन ।

खासै खुलेर नबोल्ने ती महिला उनलाई सुन्दरीजल नजिकै एकजना ठेकेदारले काममा लगाइदिन्छु भन्दै फसाएको बताइन । केही महिना सगैँ बसेपछी एकदिन उनी कामबाट फर्किदा कोठामा भएको सम्पुर्ण समान लिएर ती ठेकेदार भागेको उनी बताउछिन । त्यसपछी उनी उक्त गाई फर्ममा आएर काम गर्न थालेको पनि बताइन । मिडियामा यो खबर आएपछी भने उनी नुवाकोटको मुलखर्क तिरको भएको जानकारी आएको थियो ।

केही दिन अगाडि सम्म आफ्नो नाम, घर केही थाहा नभएको बताउने उनी अहिले भने आफ्नो माइती मुलखर्क भएको बताइन र आफ्नो दाजुहरुको नाम सन्जिब तामाङ, राजु तामाङ र बिकास तामाङ भएको बताइन । साथै उनलाइ गाउँघरमा माइली तामाङ भनेर बोलाउने, चिन्ने गरेको पनि बताइन । स्थानियका अनुसार केही महिना आगामी उनिसगँ 4/5 वर्षकि छोरी पनि सगैँ देखेको बताएका थिए ।

त्यसपछी उनलाइ स्थानीय र मिडियाको सहयोगमा सुन्दरीजल प्रहरिमा बुझाइएको थियो । सुन्दरीजल प्रहरीले यो मुद्दा महानगरीय प्रहरी वृत्त बौद्धले हेर्ने भन्दै बौद्ध पठाएको थियो । ती सुत्केरी महिलाको आफन्त चिन्ने एक स्थानीय महिलाका अनुसार उनलाइ लिन भनी खोज्दै उनी बस्ने कोठामा आफ्ना आफन्तहरु आएका थिए तर ती महिला त्यहा बाट भागेको बताइन । तर ती सुत्केरी महिलाले भने आफुलाइ त्यसै छोडेर गएको बताएकी थिइन । (तल भिडियो हेर्नुस )