मीठो स्वरका धनी मनोज,पेट पाल्न काम गर्दै,गीतको सहारामा दुख साटिरहेका छन्(भिडियो हेर्नुहोस्)

समाचार

सायद मर्द पुरुढ भएर रुनु हुँदैन भन्ने मान्यताका कारण उनले आफ्नो आँखाको डिलमा आएको आँशुलाई समेत लुकाएका छन्।तर पनि उनी भावुक हुँदै भन्छन्,म नरुहेको त दिन नै छैन होला।हुन त आफू जन्मेको थलो स्वर्ग भन्दा पनि प्यारो हुन्छ।आफू जन्मेको ठाउँ सितिमिति सबै छोड्दा पनि मनले टाढा जान मान्दैन।यद्यपि समय,परिस्थिति र बाध्यताको पहाड अगाडि कसैको पनि केही चल्दैन।

त्यसैले पनि होला अधिकांश नेपालीहरू आफ्नो जन्मभूमि भन्दा धेरै टाढा बनिरहेका छन्।तर जतिसुकै टाढा गएपनी जन्मभूमि उनीहरूले मुटुमै सजाएर बसेका हुन्छन्।जतिसुकै टाढा गएतापनि पुग्दाका दिनदेखि पर्खाइका दिनहरू गन्दै बसिरहेका हुन्छन्।तर कतिपयको जिन्दगीमा त्यस्तो नहुन पनि सक्छ।धेरै हण्डर,ठक्कर र पीडाको कारण त्यो प्यारो ठाउँमा बस्नै मन लाग्दैन र अनि मन बिग्रीएपछि हिँड्छ मान्छे धेरै टाढा।

यस्तै यस्तै कुराको अनुभुती हुन्छ यहाँ प्रश्तुत गर्न लागेको मनोज दर्लामीको कथा सुनेर।उमेरले अहिले ४२ वर्ष मात्रै पुगेका मनोज अहिले मन बिग्रेपछि सल्यानबाट बिना टुङ्गोको यात्रा समाएका थिए।र अहिले उनी काठमाडौँको एउटा पसलमा काम गर्दै पेट पाल्दै आइरहेका छन्।उनका दुई छोरीहरू छन् र उनीहरू भारतको सिम्लामा श्रीमतीसँगै बस्दै आएका थिए।तर श्रीमतीले काखकी छोरी लिएर अर्कैसँग हिँडेपछि उनको जिन्दगीले निराशाको दिशा समायो।

उनी जेठी छोरीलाई लिएर नेपाल फर्किए।आमा समेत गु’माइसकेका मनोजले गाउँमा केही समय अघि भारतबाट सँगै लिएर आएकी छोरी पनि गु’माए।आफूले गुनगुनाउने गीतहरूलाई लिएर दुखको सहारा बनाएपनी आफ्नो भन्ने सबै गुमेको महसुस गरे।गाउँमा बस्नै मन नलागेपछि उनले गाउँ छोडेर हिँडे।काठमाडौँको टोखा स्थित एक वासिङ मेसिनमा काम गर्दै आएका मनोजको दुखका कथा सँगै उनको मीठो स्वर तथा कलालाई आज सप्तरंगी ओझेलको खबरमा प्रश्तुत गरिएको छ।

उनको घरमा दाजुहरू,बुबा हुनुहुन्छ भने दिदीबहिनीको पनि बिहे भैसकेको छ।तर उनलाई घर जान समेत मन लाग्न छोडिसकेको बताउँछन्।जिन्दगीमा साथ दिने भनेर बाचा कसम समेत खाएकी श्रीमतीले त छोडेर गएकी नै थिइ र त्यसपछि आफूसँगै बस्दै आएकी एउटी पनि संसार छोडेपछि बिरक्तिएर उनी घरबाट निस्केका थिए।कृपया उहाँसँग गरिएको कुराकानीलाई यहाँ प्रश्तुत गरिएको छ,हेरेर प्रतिक्रिया दिनुहोला।भिडियो

http://भिडियोhttps://youtu.be/UZ02b6ZEk_s