बिदेशबाट फर्किएको 2 दिनमै श्रीमती फरार, सबै सम्पत्ति लगेपछि भयो बिचल्नी (भिडियो हेर्नुस)

समाचार

रोजगारीका लागि बिदेशीने चलन बढेसँगै घरबार बिग्रने समस्या पनि अहिले अत्याधिक हुने गरेको पाइन्छ । बिदेशमा दिनरात पसिना बगाएर कमाइ पठाएको पैसा सहि ठाउमा सदुपयोग गर्नुको सट्टा मोजमस्तीमा सक्ने गरेका छन । यस्तै घट्ना अहिले फेरि घटेको छ । दुई बच्चाकी आमा श्रीमान बिदेशबाट घर आए लगत्तै सम्पुर्ण गरगहना, पैसा, जग्गाको लालपुर्जा इत्यादि लिएर फरार भएकी छिन ।

बेलबारी बजार नजिकै घर भएका तारा बहादुर सार्कीकि श्रीमती रिना सार्की केही दिन अघि फरार भइन । श्रीमती हराउनु भन्दा दुई दिन अघि मात्र ताराबहादुर वैदेशिक रोजगारीको शिलशिला बहराइ गई फर्केका थिए । बहराइनबाट फर्केको दुई दिन सम्म रामम्रै सम्बन्ध भएकी श्रीमती आखिर के भएर यसरी हिडिन? अहिले ताराबहादुर पनि आश्चर्यमा छन । घरमा कुनै कुरालाई लिएर झै झगडा, विवाद इत्यादी केही पनि अहिले सम्म नभएको उनले बताए ।

तीन वर्षको प्रेम सम्बन्ध पछि उन्नाइस वर्ष अघि विवाह गरेका ताराबहादुर र रिनाका अठार वर्षीय छोरी र एकार वर्षीय छोरा छन । उनकी छोरी भने अपांग छिन । वैवाहिक सम्बन्ध पछि यति लामो समयसम्म राम्रोसँग जीवन बिताएको अहिले छोडेर हिडेको देख्दा ताराबहादुर आफू केही सोच्न नसकेको बताउछन । उनकी अपांग छोरी आमा हराएदेखी केही पनि खान नमानी सधै आमा खोज्दै रोइरहेको र त्यहि छोरिकै लागि भए पनि खोज्नु परेको ताराबहादुरले बताए ।

बिदेशबाट फर्किएको दुई दिन पछि बिहान दस बजे तिर खाना खाइ आराम गर्न ओछ्यान तिर आफू गएको र श्रीमती पनि सगैँ हात सिरानी लाई सुतेको उनले बताए । त्यही बेला ताराबहादुरले आफू दाइको घर तिर भेटघाटको लागि जाने भन्दै उठेर साइकल लिइ गए । श्रीमतिले फर्किदा घाँस लिएर फर्किनु भनेको उनले बताए । तर ताराबहादुर फर्किदा श्रीमती घरमा थिइनन । बेलबारी जाने भनेर गएको उनले छोरी बाट थाहा पाए । निकै बेर घर नफर्किए पछि उनी वरपर सबैलाइ सोधपुछ गरि खोज्दै बेलाबारी तिरै गए तर त्यहा उनले भेटेनन ।

बेलबारीबाट फर्किदा घरमा मान्छे जम्मा भएको र एकजना स्थानियका अनुसार उनकि श्रीमती छाता र सानो रातो झोला बोकि अन्य केही मान्छे चढेर आएको सफारिमा चढी गएको थाहा पाए । सबै तिर खोजी खबर गर्दा पनि टुंगो नलागेको उनले बताए । उनकी श्रीमतिले उनले डेढ वर्ष बसि कमाएको पैसा, गरगहना, जग्गाको लालपुर्जा सबै लिएर गएको उनले बताए । ती सबै सामान घरमा नभेटेपछि श्रीमती ती सबै लिएर कसैसगँ गएको हो कि भन्ने उनले बताए । छोरीको त्यो हालत छ, जहाँ भए पनि सम्पर्कमा आए आफै लिन जाने । सगै मिलेर बस्ने चाहाना भएको उनले बताए । ( तल भिडियो हेर्नुस)