मोदनाथका छोरा जस्तै देखिने १४ वर्षीय बालक घरमा काम गर्दै गरेको भेटियो(भिडियो हेर्नुहोस्)

समाचार

हेटौंडाका मोदनाथ तिमल्सिना मलेसियाबाट सात वर्ष जेल बसेर घर आए,सबै घर पतीवारलाई भेटे तर उनको सानो कान्छो छोरालाई भेट्न सकेनन्।उनको खोजी कार्य जारी रहेका बेला बुटवलबाट कसैले फोन गरेर मिडियालाई मोदनाथको छोरा हुनसक्ने र उसलाई घरमा काम गर्नको लागि बन्धक भन्दै खबर आइसके पछि पत्रकार अमृतमान ओली त्यतातिर लागे।त्यहाँ पुग्दा त्यी बालकलाई मोदनाथ कि श्रीमतीसँग कुराकानी गराइयो।

तर त्यी वालक मोदनाथको छोरा नभएको पुष्टि भए पछि उनी को रहेछन् भनी खोजीनीती गर्दा उनले आफ्नो घर गोरखा भएको बताए।आमाले अर्कैसँग बिहे गरेर गएपछि बुबाले अर्की आमा बिहे गरेपछि उनलाई घरमा हेला भएको र बेलाबेलामा बुबाले रक्सी खाएर पिट्ने गरेको उनले बताए।त्यसपछि उनी मावल आएर बस्न थाले र मावलमा पनि हजुरबुबाले त्यसै गरि रक्सी खाएर गाली गर्ने र बेलाबेला पिट्ने गरेपछि उनलाई मावल पनि बस्न मन नलागेको र त्यस ठाउँ छोडेर बुटवल आएर बस्न थालेको जानकारी गराए।

उनलाई अहिले घर जान मन नलागेको तर मावल भने जान मन छ तर बाटो थाहा नपाएर बसेको बताउँ छन्।उनी एक जना लोहारको घरमा बसेर घाँस काट्ने, फलामको काम गर्ने सघाउँदै आएका छन्।त्यहाँ उनलाई राख्ने मानिसका अनु सार उनी बजारमा फूल बेच्ने काम गर्दै आइरहेका थिए र त्यहीँ एउटा जुत्ता सिलाउने सँग गएर उसैसँग केही दिन बसेका थिए।त्यसपछि त्यी व्यक्तिले मसँग बस्छस् भनेपछि उनी उसैसँग बस्दै आएका रहेछन्।

त्यी वालकलाई पढ्न मन लागेको छ तर त्यहाँ बस्ने ब्यक्ति पनि गरीब भएका कारण पढाउन सक्ने अवस्था छैन।प्रहरीलाई खबर गर्न खोज्दा पनि उनी प्रहरीले घर पुर्‍याइ दिन्छ भन्दै घर जान समेत मानिरहेका छैनन्।पत्रकार अमृतमान ओलीले सोधपुछ गरेर उनलाई फकाएर घर लैजान खोज्दा उनी घर जानको लागि उनको आफ्नो राम्रो लुगाकपडा छैन भनी गुनासो गर्छन्।उनलाई लुगाकपडा किनिदिने भनेपछि उनी त्यहाँबाट मावल फर्कन तयार भएका हुन्।

उनी आफूलाई अरु जस्तै पढ्न मन भएको तर पढ्नको लागि त्यति पैसा नभएको पनि बताउँछन्।उनी यस्तो सानो उमेरमा गिटी कुट्ने,फलामको काम गर्ने जस्ता कठीन काम गर्दै आइरहेका छन्।उनका हातमा ठेला उठेका छन्।हेर्दा सारै नै मनमा नरमाइलो लागेर आउँछ।कृपया उनीसँग गरिएको कुराकानी यहाँ प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला,धन्यवाद।