बिदेशमै गर्भवती बनाएर फ’रार, कपुर बम इलाम आएर ललिता र समाजसँग छलफल(भिडियो हेर्नुस)

समाचार

विदेशमा गर्भवती बनाएर फरार भइ नेपाल आएर वेपत्ता भएका कपुर बम सम्पर्कमा आएका छन्।उनलाई मिडिया र प्रहरीले खोजी गरेर सम्पर्कमा ल्याएको हो।उनी ललिताको घर इलाममा आएका छन्।समाजको अगाडि केही शब्द पनि ननिकालेका कपुर बमलाई बुझ्दा उनले गल्ती स्वीकार गरेको बुझ्न सकिन्छ।उनलाई समाजले मुगु नलगेर ललितालाई यतै व्यवस्थापन गर्न लगाएका थिए।

उनलाई पश्चिम् लैजाँदा उनले अन्तरजातीय विवाहाको कारण जोखिम हुने र घर परीवारले समेत हेला गर्न सक्ने भन्दै उनलाई यहीँ घर जग्गा किनेर राख्न लगाएका हुन्।उता कपुरबम भने केही नबिली उभिएर कुरा सुनिरहेका र मौन समर्थन गरिरहेका मात्रै देखिन्थे।उनिहरुबिच उतै विदेशमै चिनजान भै शारीरिक सम्बन्ध हुने गरेको खुलेको छ । ललिता अहिले गर्भवती छिन । कपुर भने पहिले नै बिबाहित हुन । उनि घरमा श्रीमती छोडी बिदेश गएका थिए । जहाँ उनको भेट ललितासगँ भयो र उनिहरु सम्बन्धमा रहन थाले

तर कपुर बम ललिता नेपाल आउनुभन्दा तीन महिना अगाडि नै ललिता कै खर्चमा नेपाल आए र ललितासगँ सम्पर्क बिहिन भए । तीन महिना पछि गर्भवती ललिता पनि नेपाल आइन तर उनको कपुरसगँ सम्पर्क हुन सकेन । नेपाल आएर ललिताले मिडिया मार्फत आफ्नो हालत बताइन । साथै उनले प्रहरी सहित विभिन्न संघ संस्था मार्फत कपुरको खोजी गरेको थाहा कपुरले पाए । तब मात्र उनी ललिताको सम्पर्कमा आए

मिडिया मार्फत यो कुरा कपुरको गाउँघर सम्म पुग्यो । त्यसपछी कपुर ललितालाइ लिन झापा आए । जब उनी झापा आए तब ललिता तथा उनको घरपरिवारले थाहा पायो उनी बिबाहित र घरमा तल्लो जातको केटिलाई बिहे गरि ल्याउनु लागेको भन्दै उनलाइ गाउँ निकाला गरि पठाएको । त्यो थाहा पाए पछि ललिता का बाबुले छोरिलाइ नपठाउने बिचार गरे । परिवारले नमान्ने भए पछि कपुर र ललिता आ*त्मा*हत्*या गर्न डो*रि बोकेर गएको ललिताका भाईले देखे पछि उनिहरु बिबाह गरिने टुङ्गोमा पुगेका थिए । त्यो थाहा पाएर आफुले टीका लगाइदिएर केही खर्च दिई पठाएको ललिताका बाबुले बताए ।

कपुर मुगुमा आफ्नी जेठी श्रीमतीलाई कुटपिट गरि आएको पनि ललिताका बाबुले बताए । अर्कि श्रीमती ल्याउन जान लागेकी त्यि पनि तल्लो जातको भन्दै घरमा झगडा भएपछी उनले कुटपिट गरेको र गाउँलेहरुले पनि तल्लो जातकोसगँ बिहे गर्न लागेको भनेर गाउँ निकाला गरि पठाएको आफुले थाहा पाएको उनले बताए । झापा आएर ललितालाई लिइ कपुर बुटवल गएको र त्यहा ललितालाई छोडेर कपुर अन्त्यै कतै गै दुई दिन सम्म नफर्किए पछि ललिताका बाबुले आफुलाइ छोरिलाइ केही होला कि भनी प्रहरीमा उजुरी दिएको बताए ।

उता मुगुमा अंर्तरजातिय विवाह अस्विकार गरि गाउँमा बस्न नपाए पछि अहिले भने कपुर बम आफ्नी जेठी श्रीमती सहित ललितालाइ लिएर झापा नै बस्न आउदै गरेको पनि ललिताका बाबुले बताए । कपुरकी जेठी श्रीमती पनि अहिले गर्भवती छिन । उनिहरु झापा आउने कुरामा आफुलाइ खुशी नै लागेको ललिताका बाबू बताउँछन । आफुले अरु केही अर्थिक सहयोग गर्न नसक्ने तर गरि खानेहुँदा आफुसँग प्रशस्त जग्गा भएको र त्यो गरिखान दिने उनले बताए । दुबै श्रीमति लाइ मिलाएर राखी राम्रोसगँ गरि खाए आफुले सकेको सहयोग गर्ने र खुशी नै लाग्ने पनि उनले बताए । ( तल भिडियो हेर्नुस )