श्रीमान बिदेशबाट फर्किएको 2 दिनमै फरार श्रीमती भेटिइन(भिडियो हेर्नुस)

समाचार

बेलबारी बजार नजिकै घर भएका तारा बहादुर सार्कीकि श्रीमती रिना सार्की केही दिन अघि फरार भइन । श्रीमती हराउनु भन्दा दुई दिन अघि मात्र ताराबहादुर वैदेशिक रोजगारीको शिलशिला बहराइ गई फर्केका थिए । बहराइनबाट फर्केको दुई दिन सम्म रामम्रै सम्बन्ध भएकी श्रीमती आखिर के भएर यसरी हिडिन? अहिले ताराबहादुर पनि आश्चर्यमा छन । घरमा कुनै कुरालाई लिएर झै झगडा, विवाद इत्यादी केही पनि अहिले सम्म नभएको उनले बताएका थिए ।

बिदेशबाट फर्किएको दुई दिन पछि बिहान दस बजे तिर खाना खाइ आराम गर्न ओछ्यान तिर आफू गएको र श्रीमती पनि सगैँ हात सिरानी लाई सुतेको उनले बताए । त्यही बेला ताराबहादुरले आफू दाइको घर तिर भेटघाटको लागि जाने भन्दै उठेर साइकल लिइ गए । श्रीमतिले फर्किदा घाँस लिएर फर्किनु भनेको उनले बताए । तर ताराबहादुर फर्किदा श्रीमती घरमा थिइनन । बेलबारी जाने भनेर गएको उनले छोरी बाट थाहा पाए । निकै बेर घर नफर्किए पछि उनी वरपर सबैलाइ सोधपुछ गरि खोज्दै बेलाबारी तिरै गए तर त्यहा उनले भेटेनन ।

बेलबारीबाट फर्किदा घरमा मान्छे जम्मा भएको र एकजना स्थानियका अनुसार उनकि श्रीमती छाता र सानो रातो झोला बोकि अन्य केही मान्छे चढेर आएको सफारिमा चढी गएको थाहा पाए । सबै तिर खोजी खबर गर्दा पनि टुंगो नलागेको उनले बताए । उनकी श्रीमतिले उनले डेढ वर्ष बसि कमाएको पैसा, गरगहना, जग्गाको लालपुर्जा सबै लिएर गएको उनले बताए । ती सबै सामान घरमा नभेटेपछि श्रीमती ती सबै लिएर कसैसगँ गएको हो कि भन्ने उनले बताए । छोरीको त्यो हालत छ, जहाँ भए पनि सम्पर्कमा आए आफै लिन जाने । सगै मिलेर बस्ने चाहाना भएको उनले बताएका थिए ।

तर केही दिन पछि अहिले उनकी श्रीमती घर आएकी छिन । घर आएकी रिनाले भनिन घरमा श्रीमान सगँ केही भनाभन भएकोले त्यही रिसमा रिस मार्नको लागि आफू केही दिन बहिनिकोमा गएर बसेको बताइन् । रिना र ताराबहादुर बिच पैसाको बारेमा भनाभन भएको बताइन । घरमा श्रीमती नहुदा कस्तो हुन्छ घरको अवस्था भनेर श्रीमानलाइ बुझाउन र आफ्नो रिस मा*र्नको लागि आफू केही दिन घर छोडेर हिडेको उनले बताइन ।

हर्कबहादुरले भने जग्गाको लालपुर्जा समेत लिएर गएको बताएका थिए । तर अहिले उनकी श्रीमतिले घरमा नै राखेको देखाए पछि भने उनले सधै राख्ने ठाउँमा नभेटेपछी लिएर नै गएको भन्ने लागेको हर्कबहादुरले बताए । रिना भन्छिन आफुलाइ छोराछोरीको श्रीमानको माया भएको र आफू छोडेर हिड्ने मन भएकोले नगएको पनि बताइन । आफू कोहि सग नगएको आफ्नै बहिनिको घर बसेर अहिले फर्किएको बताइन । श्रीमानसगँ भनाभन हुदा श्रीमानले आफू एक्लै पनि घरको, छोराछोरीको रेखदेख गर्न सक्ने भनेकोले हरौ कसरी सक्ने रैछ भनेर गएको बताइन ।

आफुलाइ श्रीमानले पैसा, जग्गाको कागजपत्र लिएर गइ भनेर शंका गर्छन भन्ने नलागेको उनले बताइन । मिडियामा यो सब कुरा आएपछी अप्ठ्यारो कतिको लागेको छ भन्ने प्रश्नमा उनले आफुलाइ त्यस्तो केही अप्ठ्यारो नलागेको र कहिले यसरी नहिडेको मान्छे एकास्सी थाहा नदिइ घर छोडेकोले श्रीमानले आत्तिएर यो सब भएको होला भनिन । श्रीमती फर्केर आएपछी आफुलाइ धेरै खुशी लागेको हर्कबहादुरले बताए । आफुहरुलाइ त्यस्तो केही नराम्रो नलागेको र अब सधै पहिले जस्तै खुशिसाथ सगै बस्ने उनिहरुले बताए । ( तल भिडियो हेर्नुस)