चितवनमा एकै घरका दुइजना गा*यब, घरपरिवारमा चल्यो रुवा*बासी( भिडियो हेर्नुस )

समाचार

केही समय अगाडि चितवन कंचन तिमल्सिनाको घट*ना भएको थियो । उक्त घटनाले देशैभरीको ध्यान खिचेको थियो । त्यो घटना सेलाउन नपाउदै अहिले कंचन कै घरबाट नजिकै फेरि अर्को घट*ना बाहिरिए को छ । चितवनमा अहिले एकै घरका हजुरा आमा र नातिनी हराएको खबर बाहिर आएको छ । आफ्नो परिवार सम्मालेर बस्दै आएकी ती हजुरआमा एकाएक हराए पछि परिवारमा भने रुवा*बासी चलेको छ ।

चितवनकि पैसठ्ठी वर्षीय चन्द्र कुमारी भट्ट र उनकै पच्चीस वर्षीय नातिनी सीता भट्ट केही दिन अगाडि आफ्नै घरबाट हराएका छन । आफ्नो जेठो छोरासगँ बस्दै आएकी चन्द्रकुमारी आफ्ना छोरा बुहारी सहित नाति नातिनी गरि आठ नौ जनाको परिवारलाई आफैले चलाउदैँ आएकी थिइन । उनीसगैँ हराएकी नातिनी सीता भट्ट भने मानसिक रोगी भएको जानकारी परिवारले दिएको छ । उनिहरु सगै गएको या नगएको त्यो भने खुल्न सकेको छैन ।

चन्द्रकुमारीकि नातिनिका लक्ष्मी भट्टका अनुसार उनी आफ्नो जेठो छोरासगँ बस्दै आएको बताइन । ठुलोबुवा रा ठुलिआमा केही काम नगर्ने र रक्सी खाएर सधै घरमा झगडा गर्ने गरेको बताइन । घरको सम्पुर्ण व्यबहार, खाने लाउने हजुराआमा आफैले गर्ने गरेको उनले बताइन । हजुरआमा ले छोराबुहारी केही नगर्ने र सधै झगडा मात्र गरेकोमा आफुसगँ सधै गुनासो गर्ने गरेको लक्ष्मीले बताइन ।

लक्ष्मीले बताए अनुसार हजुरआमाको आफ्नो बाबू सग पनि सम्बन्ध राम्रो नभएको र बोलचाल नि हुदैन थियो । उनिसगँ आएर हजुरआमाले सधै तेरो बुवा र भाइ म सग बोल्दैनन । बोल्छन कि भन्ने आशले सधै नजिकै जान्छु तर वास्ता गर्दैन भन्दै गुनासो गर्ने गरेको रुदै बताइन । हजुरआमा अब नफर्किने गरि जानुभएको जस्तो लागेको उनले बताइन । एउटा पुरानो फरिया र चोलो मात्र लाएर हिड्नुभएको थियो, यदि कतै गएर बस्नलाई हिड्नुभएको भए आफ्नो सामान त लिएर जानू हुन्थ्यो होला भन्दै लक्ष्मीले गुनासो गरिन ।

हजुरआमा हिडेपछी उनकी अर्कि नातिनी पनि गएकी थिइन । ती नातिनी मानसिक रोगी भएकोले सगै नगएको पनि हुन सक्ने उनले बताइन । चन्द्रकुमारीकि बुहारिका अनुसार चन्द्रकुमारी हिड्ने बेलामा उनकी छोरी पट्टिकि टु*हुरी नातिनी आरतीलाई फोन गरेर आफू मर्न जान लागेको र तेरो कपडा लिन आइज भन्दै फोन गरेकी थिइन । चन्द्रकुमारिलाई घरबाट हिडेपछी बकुलर भन्ने ठाउँमा अटोबाट झर्दै गरेको देख्नेले बताएको उनकी बुहारिले बताइन । चन्द्रकुमारीले मिटर ब्याजमा पैसा चलाउने गरेको र व्यवहार बिगृएको साथै घरमा छोरा बुहारी केही काम नगरी सधै झगडा गर्ने गरेकोले पनि हिडेको हुन सक्ने उनकी कान्छी बुहारिले बताइन ।

चन्द्रकुमारी घरबाट हिड्ने बेलामा आफ्नो सानो नातिलाइ आफू नारायणीको पुलमा गएर हाम्फालेर म*र्ने र दुबै घरकाले आफ्नो कि*रिया पनि गर्नु नपर्ने भन्दै हिडेको ती नातिले बताए । चन्द्रकुमारी हाराएको खबर पछि पैसा लिनु पर्ने छ भन्दै थुप्रै मान्छे घर आएको बुहारिले बताइन । आफ्ना छोरा बुहारी हुदाहुदै पनि एक्लो महसुस गरेर हजुरआमा जानू भएको हुन सक्ने आफुलाइ लागेको नातिनी लक्ष्मीले बताइन । सम्पुर्ण ब्याबहार आफै गर्दै आएको र छोराबुहारी केही नगर्ने भएकाले अब ती नातिनातिनाको बिचल्ली हुने भनेको एक छिमेकिले बताइन । उनको खोजी कार्य भै रहेको जानकारी टाडिँ प्रहरीले दिएको छ । ( तल भिडियो हेर्नुस)