स्कुल फि तिर्नकै लागि ११ वर्षीय र १३ वर्षीय बालक पण्डित पशुपतिमा मन्त्र पढ्दै(भिडियो हेर्नुहोस्)

समाचार

हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ। जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा-बन्धन बाँध्ने परम्परा छ।दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन्। यस्तै नेवारी समुदायमा क्‍वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ।यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ। ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो।

आज यसै जनै पूर्णिमको दिन काठमाडौँको पशुपति नाथमा एउटा अनौठो लाग्ने बालक पण्डितहरू ११ वर्षीय अनमोल घिमिरे र १३ वर्षीय राजन भट्टराई रक्षा बन्धन लगाइदिने र पुजापाठ गर्दै गरेको भेटिएका छन्।सामान्यतया यति सानो उमेरमा धर्म कर्ममा बालबालिकाहरू विरलै देखिने दृश्य हो यो।उनीहरू लाई अरुले केही भन्दैनन् भनी प्रश्न गर्दा उनीहरू भन्छन् ,यो त धर्मकर्म जस्तो पूण्यको काम हो।यसले खासै फरक पार्दैन,हामीले आफ्नो धर्म संस्कृतिको जगेर्ना पनि गर्नुपर्दछ।

उनीहरू बाट यस्तो सोच्नै नसकिने खालको परिपक्व जवाफ आइसकेपछि झण्डै अलमल नै पारिदियो। किनभने हामीले यसरी बालक भन्दा पशुपति क्षेत्रभित्र वृद्ध पण्डितहरू प्रशस्त देखेका छौँ।उनीहरूले यसरी पूण्य कर्म गर्दै यसबाट आर्जित दक्षिणाबाट स्कुलको फि समेत तिर्न सक्षम भएको बताए।उनीहरू पण्डित पुरोहित जस्तै दौरासुरुवाल ढाकाटोपी लगाएर उपस्थित भएका छन्।

उनीहरू बिहान पाँछ बजेदेखि नै मानिसहरूलाई जनै लगाइदिने,रक्षा बन्धन बाँधिदिने काम गर्दै आइरहेका छन्।उनीहरू एकजना सात कक्षामा र एकजना चार कक्षामा पढ्छन्।आफ्नो स्कुल फि तिर्नकै लागि उनीहरू रक्षाबन्धन बाँधिरहेको बताउँछन्।यसले आफ्नो धर्मसंस्कारको रक्षा पनि गर्ने र यसबाट संकलित पैसाले स्कुल फि तिर्न पनि सहयोग पुग्ने उनीहरूको भनाइ छ।

अहिले १३ वर्ष पुगेका राजन भट्टराई १० वर्षदेखि नै रक्षाबन्धन बाँध्दै आएको पनि बताउँछन्।उनीहरूको यस विषयमा गरिएको अनुभवलाई लिएर अनलाइन खबरले उनीहरूसँग यसै विषयलाई लिएर उनीहरू ल्सँग कुराकानी गरेको छ,जसलाई भिडियो मार्फत तल हेर्न सक्नु हुनेछ, कृपया हेरेर आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला,धन्यवाद।