श्रीमानले अर्कै केटीसँग किस खाँदै गरेको भिडियो देखेपछि मन सम्हाल्न सकिन(भिडियो हेर्नुहोस्)

समाचार

सुमित्रा वाइबा अहिले काठमाडौँको एउटा कोठामा खाने खाना समेत नभएर छटपटाइरहेकी छिन्।उनको श्रीमान सागर तामाङले उनलाई गाउँबाट बोलाएर श्रावण २५ गते उनी त्यहाँ आइन् तर उनी त्यसदिन देखि नै वेपत्ता भए।उनको कोठामा खाने कुरा समेत केही पनि थिएन।अहिले पनि उनी चिउरा,दाल मोड खाएर बसेकी छिन्।श्रीमान गएदेखी सम्पर्कमा आएकी आएका छैनन्।

काखकी सानी नानी १९ महिनाकी पुगीन्।बेलाबेलामा उनी बाबा भन्दै फोन लगाउने गर्दछिन्।एक दिन सुनित्रालाई सबिन क्षेत्री भन्ने व्यक्तिले फेससबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएर उनको श्रीमानले अर्कै युवतीसँग रोमान्स गर्दै गरेको भिडियो पठाए।त्यो देखेर आफू सहन नसकी उनी आफू र सानी छोरीको न्यायका मिडिया समक्ष आइपुगीन्।

उनले चलाउने भनेर ल्याएर राखेको कपडा मेसिन समेत उनले बेचेर खाइसकेका रहेछन्।बत्ती कातेर बेच्न भनेर राखेको पनि बेचिदिएका रहेछन्।उनलाई यस अघि पनि जेलबाट छुटाएर ल्याउन क्रममा ससुरालीबाट एक लाख जति पैसा तिरेर ल्याइएको रहेछ।यद्यपि अहिले उनले आफ्नो कुरा आफ्नो माइतीमा भनेकी सम्म छैनन्।यस अघि बच्चा पाउने वेलामा पनि उनले छोडेर गएका रहेछन्।

अस्पतालमा श्रीमतीलाई छोडेर भागेका थिए।त्यसको केही दिनपछि आइसकेपछि उनले आफूबाट गल्ती भएको स्वीकार गरेर अब देखि आइन्दा गल्ती नगर्ने बाचा समेत गरेका थिए।तर अहिले उनको कोठामा खाने पकाउने चामल समेत नभएको बेला श्रीमती र छोरीको बिचल्ली बनाएर उनी अर्कै केटीसँग रोमान्स गर्दै हिँडेका छन्।(भिडियो हेर्नुहोस्)