कुलमानलाई युवाहरूले गरे मन्त्री बन्न आग्रह(भिडियो हेर्नुहोस्)

समाचार

अझै पनि थुप्रै नेपालीहरुको घरमा सहज रुपमा विद्युत आपूर्ति पुग्न सकेको छैन । केही वर्ष अघि त झन अवस्था नाजुक थियो । केही वर्ष अघि सम्म विद्युत पुगेको ठाउँमा पनि लोडसेडिङ, भोल्टेज कम इत्यादी समस्या व्यापक थियो । दैनिक अठार घण्टा सम्म लोडसेडिङको मारमा परेका नेपालीहरुका लागि कुलमान घिसिङ एकाएक उदाए । उनले नेपाली जनतालाइ लोडसेडिङ बाट मात्र मुक्त गराएनन, जो बिद्धुत सुबिधाबाट बन्चित थिए उनिहरुलाइ पनि विद्युतको पहुच सम्म पुर्याए ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा आउने बित्तिकै देखि उनको प्रमुख प्राथमिकतामा पर्यो लोडसेडिङ । घाटामा रहेको विद्युत प्राधिकरणलाई उनले एक वर्ष भित्र नाफामा पुर्याए । साथै उनले नेपालका निर्माणाधीन जलविद्युतको कमलाइ पनि प्राथमिकतामा राखी स्वदेशमै उत्पादन गरि स्वनिर्भर बनाउन जोड गरे । सुरु सुरुमा उनले विद्युत लाइन बिस्तार भएको ठाउँ सहज आपूर्तिका लागि भएको विद्युतको सहि ब्याबस्थापन गरे । त्यसले नेपाली जनताले धेरै राहत पाए ।

सहज विद्युत आपूर्ति नहुदा मन्द रहेको नेपालको औद्योगिक क्षेत्र पनि एकएक माथि उठ्यो । जसले गर्दा देशको आर्थिक वृद्धिदर पनि बढ्यो । उनी विद्युत प्राधिकरणमा आएपछी लोडसेडिङ भन्ने कुरा नेपाली जनताले बिर्से । कहिलेकाही केही बेर कुनै प्राबिधिक कारणले विद्युत आपूर्ति बन्द हुदाँ सबैको मुखबाट एउटै बोली निस्किन्थ्यो कतै कुलमान प्राधिकरणबाट त हटेनन ? उनी भन्दा पहिले थुप्रै आए विद्युत प्राधिकरण मा तर अहिले कुलमानको नाम थाहा नपाउने नेपाली सायद नै नहोलान ।

कुलमान विद्युत प्राधिकरणमा आए पछि लोडसेडिङ अन्त्य गरे । त्यसबाट सोलार, इनभटर, जेनेरेटर लगाएत विद्युतिय अन्य सामाग्रीको ब्यापार ठप्प भयो । जसका कारण ती ब्यापारीहरु कुलमानलाई विद्युत प्राधिकरणबाट हटाउन विभिन्न राजनैतिक ब्याक्तीहरु बाट दवाब पनि नदिएका भने होइनन । तर यी सबै कुराको बेवास्ता गर्दै कुलमान आफ्नो काममा सधै इमानदारीताका साथ गर्दै गए । भलै उनलाइ अप्रत्यक्ष राजनैतिक दवाब थियो होला तर सम्पुर्ण नेपाली उनको साथमा थिए । त्यही नेपालीको साथ र सहयोगले गर्दा आफुलाई अन्य दवाव भए पनि काम गर्न सजिलो भएको कुलमानले बताए ।

चार वर्ष पछि कुलमानको पहिलो कार्यकाल सकियो । सम्पुर्ण जनताको माग उनलाइ दोश्रो कार्यकाल पनि नियुक्ति दिन भन्दा भन्दै पै तत्कालीन प्रधानमन्त्री के पि शर्मा ओलिले त्यसलाइ अस्विकार गरे । हितेन्द्र शाक्यलाइ नियुक्त गरे । कुलमानको कार्यकाल नथपी हितेन्द्रलाई नियुक्ति गरेपछी कुलमानलाइ नै पुन नियुक्ति गर्नु पर्छ भन्दै विभिन्न युवाहरुले संघर्ष समिती नै बनाएर बिरोध गरे । तर कुलमानले आफ्नो कारण कसैको पद प्रतिश्ठामा आच नाआओस भन्दै बिज्ञापति निकाले पछि उनिहरु पछि हटे ।

कुलमानको कार्यकाल सकिए पछि भने फेरि बेलाबेलामा बिना सुचना विद्युत आपूर्ति फेरि बन्द हुन थाल्यो । फेरि पहिलेकै जस्तो लोडसेडिङको सुरुवात हो कि भन्ने जनतामा पर्न थालेको छ । फेरि जनताले कुलमानलाई सम्झिन थाले । केही महिना अघि केपि ओलिको सरकार हटि शेरबहादुर प्रधानमन्त्री भए । तब जनतामाझ पुन कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउनु पर्ने माग उठन थाल्यो । त्यसको केही समय पछि अहिले सरकारले पुन उनलाइ विद्युत प्राधिकरण को जिम्मेवारी दिएको छ । आशा गरौ अब उनले अझ धेरै काम गर्ने छन । ( हेरौ उनीसगँको कुराकानिको भिडियो )