दुई छोरा छोडी कान्छी लिएर बेपत्ता श्रीमान, श्रीमती रुँदै मिडियामा(भिडियो हेर्नुस)

समाचार

सानोतिनो घर झ*गडा नहुने परिवार सायदै नहोला । तर पनि मिलेर जीवन चलाइरहेकै हुन्छन । कतिपय घटना यस्ता पनि छन कि बिना कुनै मन*मुटाव श्रीमान श्रीमती एकअर्का सगँ छुट्टीएर बसेका पनि छन । इलाममा अहिले यस्तै अवस्था छ । एक श्रीमान आफ्नो दुई नावालक छोरा, श्रीमती, आमा छोडेर बेप*त्ता भए । लामो समय पछि जब उनी फोन सम्पर्कमा आए तबदेखि घरमा श्रीमतीलाई त*नाव दिन थाले ।

इलाम घर भएका किसोर सिलवाल दुई वर्ष अघि श्रीमती, नवालक दुई छोरा र आमालाई छोडेर घरबाट हिडे । घर सल्लाहले नै काम गर्न उर्लाबारी जान्छु भन्दै उनी हिडेका थिए । तर उनि हिडेदेखी नै कुनै सम्पर्कमा आएनन । गाउँघर तिर पैसा लिएर हिडेका उनी फर्किएनन । श्रीमान हिडेर कुनै खबर नभए पछि श्रीमती एलिसा सिलवाललाई आफ्ना दुई सन्तान हुर्काउन कठिन हुन थाल्यो । गाउँभरी ऋण, घरमा अलिकती पनि पैसा नहुदा उनलाइ घर चलाउन समस्या परेको उनी बताउँछिन ।

पहिले पनि एघार महिनासम्म कुनै खबर नगरी हराएर फेरि घर आएकाले उनले श्रीमान फेरि त्यसै गरि केही महिनामा आउँछन भन्ने आसले आफू कतै खोजी नगरी बसेको उनले बताइन । आफुले दिनहुँ फोन सम्पर्क गर्न खोजे पनि फोन नलाग्ने गरेको बताइन । तर त्यसको दुई वर्ष पछि गत बैशाखमा एक्कासि श्रीमान फोन सम्पर्कमा आएको र फोन गरि आफुलाइ छोराहरु जिम्मा लगाइ घर छोडेर कता जानू छ जानू भन्दै अप*शब्द प्रयोग गरि तना*व दिन थालेको उनले बताइन ।

दिनहुँ जसो फोन गरि त्यस्तै अप*शब्द बोल्दै आफुलाइ घर छोडेर जान भन्ने गरेको उनी रु*दै बताउछिन । गत जेठमा एकजना महिलाले उनलाइ फोन गरिन । फोनमा किसोर को हो ? भन्दै सोधिन, एलिसाले मेरो श्रीमान हो भन्दा ती महिलाले ; तलाइ छोडेर गएको दुई वर्ष भै सक्यो अझ बूढो हो भन्न लाज लाग्दैन भन्दै विभिन्न अप*शब्द बोल्दै गा*ली गरेको उनले बताइन । ती महिलाले किसोर आफ्नो बुढा भएको र ती दुई छोराहरु आफुलाइ जिम्मा दिई त जता जान मन छ त्यता जा भन्दै आफुलाइ गा*ली गरेको एलिसाले सुनाइन ।

त्यति मात्र होइन ती महिलाले किशोर बिदेश बस्दा वास्ता नगरेको, पठाएको पैसा सबै सकेको पनि आरोप लगाएको उनले बताइन । श्रीमानलाई घर आउनु भन्दा छोराहरु मलाइ दिएर तँ जता जानू छ जा, प्रहरी, मिडिया के के लाउनु छ लगाउनु, मुद्दा दायर गरे आफू अदालतमा आएर डि*भोर्समा सहि गरिदिने भन्ने गरेको एलिसाले बताइन । श्रीमान घर छोडेर हिन्दा कुनै पनि झ*गडा नभएको उनले बताइन ।

अहिले एलिसा घरमा दुई छोराका साथ बसिरहेकि छिन । उनकी सासू भने झापामा अर्काको घरमा बसि काम गरेर उनिहरुलाइ जसोतसो खान लाउन सहयोग गरिरहेको एलिसा बताउछिन । आफू भने साना छोराहरु सगँ बाहिर गएर काम गर्न नसकेर सासुसगँ नगएको उनले बताइन । उनी अहिले गाउँमै अरुको मेलापातमा खेताला गई बिहान बेलुकाको छाक टारिरहेको बताइन । आफ्नो श्रीमान काठमाडौँमा छु भन्ने गरेकोले खोजी गरिदिएर आफुलाइ न्याय दिन र आफुलाई सहयोग गरिदिन सबैलाइ उनले अनुरोध गरेकी छिन । (भिडियो हेर्नुस)