अन्ततः बालक विशाल नेपालीलाई घर पुर्‍याइयो,देख्नसाथ गुमेको खुसी फर्कियो (भिडियो हेर्नुहोस्)

समाचार

मोदनाथ तिमल्सिनाको कान्छा छोरालाई खोज्ने क्रममा एकजना उनी जस्तै देखिने विशाल नेपाली भाइ भेटिएका थिए।हेटौंडाका मोदनाथ तिमल्सिना मले सियाबाट सात वर्ष जेल बसेर घर आए,सबै घर परीवारलाई भेटे तर उनको सानो कान्छो छोरालाई भेट्न सकेनन्।उनको खोजी कार्य जारी रहेका बेला बुटवलबाट कसैले फोन गरेर मिडियालाई मोदनाथको छोरा हुनसक्ने र उसलाई घरमा काम गर्नको लागि बन्धक भन्दै खबर आइसकेपछि पत्रकार अमृतमान ओली त्यतातिर लागे।त्यहाँ पुग्दा त्यी बालकलाई मोदनाथ कि श्रीमतीसँग कुराकानी गराइयो।

तर त्यी वालक मोदनाथको छोरा नभएको पुष्टि भएपछि उनी को रहेछन् भनी खोजीनीती गर्दा उनले आफ्नो घर गोरखा भएको बताए।आमाले अर्कैसँग बिहे गरेर गएपछि बुबाले अर्की आमा बिहे गरेपछि उनलाई घरमा हेला भएको र बेलाबेलामा बुबाले रक्सी खाएर पिट्ने गरेको उनले बताए।त्यसपछि उनी मावल आएर बस्न थाले र मावलमा पनि हजुरबुबाले त्यसै गरि रक्सी खाएर गाली गर्ने र बेलाबेला पिट्ने गरेपछि उनलाई मावल पनि बस्न मन नलागेको र त्यस ठाउँ छोडेर बुटवल आएर बस्न थालेको जानकारी गराए।

त्यी बालक बिशाललाई उनको मावली घरमा पुर्‍याएर हजुरआमा,मामा र उनको दिदीको साथमा छोडिएको छ।उनलाई देख्नेबित्तिकै हजुरआमा र दिदीका आँखा मा आँसु थाम्न सकिएन।उनीहरूले उनको खोजीका लागि अनेक पहल गरेका थिए तर पनि भेटाउन सकेका थिएनन्।प्रहरीकहाँ उजुरी दिने देखि लिएर ज्योतिषी लाई समेत हेराएको तर थाहा नपाएको भनेर उनको हजुरआमाले बताउनुभयो।उहाँले विशाल र उनको दिदीलाई सानै उमेरमै ल्याएर पाल्दै आउनु भएको रहेछ।

उनलाई अहिले घर जान मन नलागेको तर मावल भने जान मन छ तर बाटो थाहा नपाएर बसेको बताएका थिए।उनी एक जना लोहारको घरमा बसेर घाँस काट्ने, फलामको काम गर्ने सघाउँदै आएका थिए।त्यहाँ उन लाई राख्ने मानिसका अनु सार उनी बजारमा फूल बेच्ने काम गर्दै आइरहेका थिए र त्यहीँ एउटा जुत्ता सिलाउने सँग गएर उसैसँग केही दिन बसेका थिए। त्यसपछि त्यी व्यक्तिले मसँग बस्छस् भनेपछि उनी उसैसँग बस्दै आएका रहेछन्।

अहिले त्यी नै बालक विशाल नेपालीलाई घर पुर्‍याइ दिन भन्दै युबटुबर अमृतमान ओली र उनका सहयोगी हरूले पहल गरेका छन्।तर त्यी भाइ बिशाल लाई आफू जन्मेको घर,ठाउँको नाम र बुबाआमाको नाम समेत थाहा नभएको कारण त्यति सहज भने थिएन। यद्यपि त्यी बालकलाई बाटो मेलो पाउन सक्ने भनेर चाहिँ केही सहज भएको छ।उनले घर जान अघि आफू लाई नयाँ लुगा लगाएर जान मन लागेको बताएपछि उनलाई पसलमा गएर अमृतमानले नयाँ कपडा समेत फेराइदिएका थिए।

त्यी वालकलाई पढ्न मन लागेको छ तर त्यहाँ बस्ने ब्यक्ति पनि गरीब भएका कारण पढाउन सक्ने अवस्था थिएन।प्रहरीलाई खबर गर्न खोज्दा पनि उनी प्रहरीले घर पुर्‍याइ दिन्छ भन्दै घर जान समेत मानिरहेका थिएनन्।पत्रकार अमृतमान ओलीले सोधपुछ गरेर उनलाई फकाएर घर लैजान खोज्दा उनी घर जानको लागि उनको आफ्नो राम्रो लुगाकपडा छैन भनी गुनासो गरेका थिए।उनलाई लुगाकपडा किनिदिने भनेपछि उनी त्यहाँबाट मावल फर्कन तयार भएका हुन्।

उनी आफूलाई अरु जस्तै पढ्न मन भएको तर पढ्नको लागि त्यति पैसा नभएको पनि बताउँछन्।उनी यस्तो सानो उमेरमा गिटी कुट्ने,फलामको काम गर्ने जस्ता कठीन काम गर्दै आइरहेका छन्।उनका हातमा ठेला उठेका छन्।हेर्दा सारै नै मनमा नरमाइलो लागेर आउँछ।कृपया उनीसँग गरिएको कुराकानी यहाँ प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला, धन्यवाद।