हेर्दाहेर्दै भासियो पोखरा,फस्यो डोजर,गुफाजस्तै बन्यो भासिएको स्थान(भिडियो हेर्नुहोस्)

समाचार

पोखरा महानगरपालिका मा अवस्थित महेन्द्र पुल नजिकै रहेको गरिमा विकास वैंक र उत्तम भाँडापसल नजिकै जमिन यसरी भासियो छ कि जहाँ एउटा डोजर समेत फस्न पुगेको छ।अहिले गरिमा बिकास वैंक र भाँडा पसल उच्च जोखिममा रहेका छन् र यसरी नै भासिने हो भने वरपर रहेका अन्य ठाउँहरू पनि भासिन सक्ने अनुमान गतिएको छ।पोखरा त्यसै पनि भासिरहने ठाउँ हो यद्यपि अहिल! भासिएको ठाउँलाई त्यति जोखिम नमानिएको तर अहिले आएर भासिएर जोखिम अझै बढेको पाइएको छ।

यस अघि अस्ति भर्खरै मात्रै पोखरा महानगरपालिका वडा नं१२ स्थित अमिन तारा भन्ने ठाउँ जहाँ आज भन्दा तीन चार महिना अगाडि तिर प्रश्तुत गरिएको भिडियो रिपोर्टिङ थियो।त्यसपछि उक्त भिडियोलाई विभिन्न चरणमा फलो अप भिडियो देखाइएको थियो।त्यतिबेला यस ठाउँमा पानी नपर्दै जमिन चर्किएको दृश्य देखाइएको थियो।र त्यसबेला त्यही ठाउँ जहाँ सेती खोला यति ठूलो भएको छ त्यहीँबाट रेकर्ड गरिएको भिडियो सामाग्री पनि हामीले यसै न्युज मार्फत सम्प्रेषण गरेका थियौँ।

हामीले भर्खरै मात्रै पनि सेती खोला थुनिएर ताल बन्दै भनेर समाचार समेत सुनेका थियौं।अहिले पोखराको त्यहि ठाउँ अमिनतारा नजिकै जमिन ठाउँ-ठाउँमा चीरा पर्दै गइरहेको छ भने कतिपय ठाउँमा भासिँदै समेत गइरहेको छ।तर सेती खोलाको छेउछाउबाट यदि जमिन भासिन थाल्यो भने यसले सेती नदीलाई थुन्ने खतरा बढ्न जान्छ र फलस्वरूप सेती नदीबाट गल्छी भरिएर पानीको भाब बढ्न गइ वरपर प्रभावित पार्न सक्ने ख’तरा छ।

स्थानीयहरू आफ्ना बालबच्चा जोगाउन मुस्किल पर्ने भयो कहिले खोचमा पर्लान् कि भन्ने मात्रै चिन्ता बढीरहन्छ भनेर चिन्ता पोखिरहेका छन्। कतिपय ठाउँमा त हामी आफैंलाई पनि जान गाह्रो हुने गर्दछ। एउटा गल्छीमा त पोहोर साल कुकुर समेत पसेर उद्धार गरिएको थियो। पोखराको भुभाग स्थायी प्रकृति को नभएको पनि भुगर्भ विदहरूले जानकारी गराइ रहेका छन्। धेरैजसो भुभागमा स्वान्द्रो, तालहरू, गल्छी तथा गुफाहरू भएको कारण त्यहाँको जमिन नै कमजोर भैरहेको छ र त्यस ठाउँ भूक्षय उच्च जोखिममा रहेको छ।

सेती नदी बढेर ताल भएपछि थुप्रै मान्छेहरू बेलाबेला ताल हेर्न भनेर जम्म भैरहेका हुन्छन्। तर तालले निकाश नपाउने हो भने सेती नदीले ठूलै ख’तरा निम्त्याउने मानिस हरूले आंकलन गरिरहेका थिए। कृपया यसै बिसयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला।