छोराछोरी छोडेर भाञ्जासँग हिँडेकी माइजू छ महिना भयो सम्पर्कमा आइनन्(भिडियो हेर्नुहोला)

समाज

इलाम जिल्ला माइ नगरपालिका वडा नं. १० का भेषराराज मगरकी श्रीमती मञ्जुदेवी मगर गत छ महिना देखि घरबाट हराइरहेकी र गाउँकै एकजना भाञ्जा पर्ने शुकराज मगरसँग मगर सँग हिँडेको थाहा पाएपछि आफ्नो श्रीमती हराएको र खोजी कार्य गरिदिन हुन भब्दै भेषराज मिडियामा आउनु भएको छ।उनी गत फाल्गुण महिनाको २७ गते घरबाट फरार भएकी हुन्।आजभन्दा १२ वर्ष अगाडि एक अर्कामा मन परेर उनीहरूले वैवाहिक बन्धनमा बाँधिएका थिए।

श्रीमान भेषराजका अनुसार उनी प्रायजसो मोबाइलमा बिजि रहने गर्दथिन्।रातभर मोबाइल चलाउने गर्दथिन् र श्रीमानले सम्झाउँदा समेत कुनै पनि मतलव गर्दिन थिइन्।उनले शुकराज लाई आफ्नो माइती गाउँको दाइ पर्ने बेलाबेलामा भेट्ने र गफ गर्ने गर्दथीन्।तर भेषराजले भने त्यी व्यक्तिलाई साइनोमा आफ्नो भाञ्जो पर्ने बताएका छन्।

श्रीमान भेषराज मगर हाल ३९ वर्षका भए भने उनको श्रीमती २९ वर्षकी भइन्।उनको श्रीमतीलाई भगाउने भाञ्जा पर्ने शुकराज मगरको उमेर ४६ वर्ष भएको भनिए को छ।श्रीमान भेषराजका अनुसार उनले श्रीमती लाई कुनै पनि या’तना आजसम्म नदिएको र सम्बन्ध पनि खासै नराम्रो नभएको बताएका छन्।उन का अनुसार श्रीमतीलाई आफूले निकै नै माया गर्ने गरेको पनि बताएका छन्।

भेषराज आफूले बच्चाको रोदन सहन नसकेर उनलाई खोजी नगरी बस्न नसकेको बताउँछन्।यदि सँगै बस्ने इच्छा नभए पनि आएर डिभोर्स गरिदिन पनि उनले आग्रह गरेका छन्।केही समय अगाडि श्रीमान श्रीमतीबीच झगडा परेर उनकी श्रीमतीले उनलाई चिलाउनेको ठूटोले हानेर टाउकोमा टाँचा लगाउने गरि चो’ट पुर्‍याइएकी थिइन्।