अन्ततः सन्तोष देउजाको साइबर अपराध मुद्धाबाट छुटकारा

समाचार

चर्चित पत्रकार एभियन्ता सन्तोष देउजा विरुद्ध लगाइएको साइबर अपराध मुद्दामा सफाइ पाएका छन्।उनले हिजो काठमाडौँ जिल्ला अदालतबाट युट्युबर सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले साइबर अपराध मुद्दामा उनलाई मंगलबार सफाइ दिएको हो ।उनलाई केही समय अघि डा.निलम कुमारी शाह र निरञ्जन प्रसाद शाहले उजुरी दिएका थिए।

न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले आफूलाई निर्दोष ठहर गर्दै सफाइ दिएको देउजाले जानकारी दिए । देउजाको तर्फबाट अधिवक्ता स्वागत नेपालले बहस गरेका थिए ।देउजा कपुरबोट मिडिया प्रालिद्वारा सञ्चालित कपुरबोट युट्युब च्यानलका प्रबन्ध निर्देशक समेत हुन् । देउजाले डा. नीलमकुमारी साह र डा. राजेशकुमार साह दम्पतीको झगडाको विषयमा युट्युब च्यानलमा अन्तर्वार्ता प्रसारण गरेका थिए ।

अन्तर्वार्ताको विषयमा असन्तुष्टि जनाउँदै डा. नीलम र उनका बुवा निरञ्जनप्रसाद साहले देउजाविरुद्ध मुद्दा दायर गरेका थिए । हिरासत नबसी लुकेर बसेका देउजाले २०७६ कात्तिक १४ गते अदालत पुगेर २५ हजार रुपैयाँ धरौटी बुझाएका थिए ।सन्तोष देउजाले आफूकहाँ अन्तरवार्ता दिन आउन विभिन्न पिडीतहरूलाई सम्बन्धित निकायकहाँ लगेर न्यायका लागि पहल समेत गर्दै आएका छन्।

उनले विशेषगरी पारीवारिक विषयमा भए गरेका श्रीमान श्रीमतीबीचको मनमुटाव,मुद्धा जस्ता बिषयवस्तुलाई आफ्नो युबट्युब च्यानल कपुरबोट टीभी मार्फत संचालन र प्रसारण गरि उनीहरूले भने निष्पक्ष छानबिन गर्नमा समेत सहयोग पुर्‍याउँदै आइरहेका छन्।कतिपय बेपत्ता भएकाहरूलाई समेत खोजी कार्य गरि उनीहरूलाई सार्वजनिक गर्ने काम पनि उनले गर्दै आइरहेका छन्।