५० वर्ष पछि आमा छोरिको भेट,आमा छोरी कै भयो रु’वा’बासी(भिडियो हेर्नुस)

समाचार

केही समय अगाडि गुल्मिमा एकजना वृद्ध आमा खाली खुट्टै हिडिरहनु भएको भेटिएका थिइन । अर्थिक अवस्था नाजुक रहेकी ती आमाको घरमा खानेबस्ने पनि उतिकै समस्या थियो । सेतै फुलेकी ती आमा आफ्नो उमेर पनि थाहा नभएको बताएकी थिइन । श्रीमानले अरु नै बिहे गरे छोडे पछि उनि नन्दको घरमा बस्दै आएकी थिइन । अन्तै बिहे गरेकी उनको अहिले एक छोरा र एक नाति सगै बस्दै आएकी थिइन ।

आफ्नो एक छोरी पनि भएको ती आमाले बताइन । तर श्रीमानले सगैँ लगेको उनले बताएकी थिइन । त्यसरी एक्लै भेटिएकी आमाको भिडियो बाहिर आए पछि उनकी छोरिले त्यो भिडियो हेरि उनकी छोरी सम्पर्कमा आएकी थिइन । छोरी अहिले वैदेशिक रोजगारीको शिलशिलामा ओमनमा छिन । उनी सम्पर्कमा आए पछि अहिले आमा छोरीको भेट भिडियो कल मार्फत भेट भयो । पचास वर्ष पछि एक अर्कालाइ देख्न पाउँदा आँ*सु थामिएनन दुबैका ।

आफू सात वर्षको हुदा बाबुले कान्छी आमा बिहे गरी आफुलाई पनि सगैँ लगेको उनले बताइन । पछि आफू मामाघर बसेको छोरिले बताइन । घरमा पनि कान्छी आमाले राम्रोसगँ हेरचाह गरेको र आफू सानैमा आमा सगँ छुट्टिएर गएकोले खासै आमालाई न सम्झिएको उनी बताउँछिन । कान्छी आमाको नि*धन भए पछि भने आफ्नी आमा पनि छिन भन्ने आफुलाई याद भएको उनले बताइन ।

आफुले अहिले राम्रो कमाइ गरेको, तीन चोटि हङकङ बसेको र अहिले ओमनमा आफू रहेको र नेपाल आए पछि आमालाई पनि आफू सगैँ लिएर जाने उनले बताएकी छिन । आफू बेदेश रहँदा आफ्नी आमा पनि छिन, भेट्न पाए हुने जस्तो लाग्ने गरेको उनले बताइन । तर कँहा छिन भन्ने थाहा नभएकोले भेट्न नपाएको उनले बताइन । गुल्मी तिरको कोहि पत्रकार भए उनिहरुलाई जानकारि गराउन खोजेको तर कोहि नपाएको उनले बताएकि छिन ।

पछि युट्युबमा आमाको भिडियो हेरेर सम्पर्कमा आएको उनले बताइन । आफ्नी आमाको खुट्टाको नङ च्यापिएको आफुलाइ याद भएको र त्यही आधारमा आफुले चिनेको उनले बताइन । अहिले उनले आमालाइ खाने, लाउने खर्च पठाउन थालेकी छिन । सात वर्षकि हुदाँ आमा सगँ छुटेकी अहिले उनी सन्त्ताउन्न वर्ष पुगिसकेकी छिन । विवाह गरि छोराछोरी भै सकेकी उनी अहिले आमालाइ देख्न पाउँदा आँ*सु थाम्न सकिनन । अब आफू नै हेरचाह गर्ने, आफुनै पाल्ने उनले बताइन । आफुलाइ छिटै छोरिसगँ भेट्न पाइयोस भन्ने मात्र मन भएको ती वृद्ध आमाले बताइन । (भिडियो हेर्नुस)