पोइला गएकी श्रीमतीलाई फर्काएर ल्याएपछि घरबाट उठीबास(भिडियो हेर्नुहोस्)

समाचार

श्रीमानले छोराछोरीकै लागि भनेर अर्कैसँग भागेर गएकी श्रीमती फर्काएर घर ल्याए तर घरबाट नै निकालिनुपर्‍यो।भाइले त झन् कुटपिट नै गरेर दाजुलाई नै घरबाट निकाला गरे।यता दाजु भने आफूले बिहे गरेर क्याएको श्रीमती अर्कैले लिएर गएपनी माया मार्न नसकेको भन्दै अहिले उनैलाई लिएर घरबाट निस्केका छन्।अर्कैकी श्रीमती पनि आफ्नो बच्चाको लागि भन्दै श्रीमानले स्वीकार गरेर घर लगे।

झापा जिल्ला दमक नगरपालिका घर भएकी मनिषा तामाङ ले आफू १४ वर्षको हुँदा मिलन तामाङसँग बिहे गरेकी थिइन्।उनी अहिले मात्र २२ वर्षकी भइन् र उनका तीन जना छोराछोरी समेत भइसकेका छन्।उनको श्रीमान गत असार २४ गतेदेखि गाउँकै एकजना अर्कैकी श्रीमतीसँग हराइरहेको भन्ने थाहा पाएर उनी आफ्नो श्रीमानको खोजी गर्न भनी युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठसँग आइपुगेकी थिइन्।

धेरैले गाउँमा उनीहरू दुवैजना सम्पर्कविहीन भएको भनेर उनीहरूले बिहे गरेको हुनसक्ने भन्दै अनुमान लगाइसकेका थिए।नभन्दै उनीहरूले एक अर्कामा बिहे गरि भागेर पोखरा गएर बसेको गोप्य माध्यमबाट पत्ता लागेको छ। उनीहरू बीचको सम्बन्धको बिषयमा मनिषाले पहिले देखि नै अड्कल काट्दै आइरहेकी थिइन् तर पनि दाजुबहिनी भन्दै बोलचाल गरेका कारण उनलाई त्यति धेरै शंका लागेको थिएन। तर अहिले उनले आफ्नै आँखाले कोठामा रंगेहात देख्दा प्रष्ट भएकी छिन्।

अहिले उनको श्रीमान मिलन तामाङसँग भागेको महिला पनि बिबाहित नै हुन् र उनको पाँच वर्षको छोरी समेत छिन्।मनिषा त्यी महिलाको श्रीमानसँग पनि सम्पर्क गरिन् र उनले पनि आफ्नो सानो नानी भएको र नानीकै लागि भए नि म श्रीमती आएदेखी स्वीकार गरेर राख्ने पनि उनले बताएका थिए। त्यी भागेर गएकी महिलाको श्रीमान र मनिषा दुवैले एक अर्काको श्रीमान र श्रीमती रंगेहात भेटाइएका थिए।

मनिषासँग त्यतिबेला उनीहरूले एक अर्कामा मन पराएरै बिहे गरे।अहिले उनको श्रीमान मिलन तामाङ २७ वर्षको भए।अहिले सम्म उनको श्रीमानसँग खासै नराम्रो सम्बन्ध पनि थिएन।नानीहरू अहिले सानासानै छन्।आफ्नो घर नभएको कारण अर्काको घरमा आएर बसेकी छिन् उनी।छोराछोरीलाई पढाउने बेलामा श्रीमानले सौता हालिदियो भन्दै उनी आफ्नो सोझोपनको फाइदा उठाएको भनेर आफ्नो पीडा व्यक्त गर्दछिन्।

नानीहरूलाई हुर्काउनु,पढाउनु,बढाउनु पर्ने छ,नानीहरू रातदिन बाबा खै भनेर सोध्छन्,श्रीमती बाबा बाहिर जानुभएको छ आउनुहुन्छ भन्दै भुल्याउँदै गर्छिन्। उनको श्रीमान मिलन तामाङ ट्याक्सी चलाउँदै आइरहेका थिए र त्यस दिन हिँड्ने बेलामा पनि आफू काठमाडौँ जानुपर्ने र साथीको गाडी चलाउ नुपर्ने, सामान छ पुर्‍याइदिनुपर्ने भन्दै हिँडेका र १५-१६ दिनमा फर्कन्छु भनेका अहिलेसम्म नफर्केपछी उनी श्रीमान खोजी गरिदिन आग्रह गर्दै मिडियामा आएकी थिइन्(भिडियो):-