बिदेशीएको छोरो 12 वर्षसम्म फर्किएन,आमा रुँ’दै दिन काट्दै (भिडियो हेर्नुस)

समाचार

बाबुआमा र सन्तानको माया मानिसको मात्र होइन जनवारमा पनि उत्तिकै हुन्छ । सानो हुदा आफ्ना सन्तानको पालनपोषण बाबुआमाले गरेका हुन्छन भने छोराछोरी ठूलो भए पछि बाबुआमाले आफ्नो सन्तान बाट त्यही आश गरेका हुन्छन । तर सबैले त्यो अनुरुपको माया भने पाएको देखिदैन । कतिपय बाबुआमा र छोराछोरी दुबैले आफ्नो जिम्मेवारी बिर्सिएको हामी देख्ने गरेका छौ ।

केही दिन अघि पर्वतमा एक वृद्ध आमा गिटि कुटिरहनु भएको अवस्थामा भेटिन । उनको दुख पीडा सुनी नसक्नु छ । चार सन्तान कि आमा उनका तीन छोरा र एक छोरी छन । एक्काईस वर्ष अघि श्रीमान बितेपछी आफ्ना स-साना छोराछोरीलाई जसोतसो दुई छाक खुवाइएर हुर्काइन । म्याग्दी जिल्लाको बेग घर भएकी उनी अहिले पर्वतमा बस्छिन । अहिले उनको साथमा एक सुस्त मनस्थिती भएका कान्छा छोरा र रोगी छोरी छिन । दुबै केही काम गर्न नसक्ने अवस्थामा भएकाले आफै काम गरेर दुई छाक टार्दै आएको उनी बताउछिन

12 वर्ष अघि वैदेशिक रोजगारीका लागि कतार गएका उनका जेठा छोरा सोमबहादुर बोलाउने नाम सुरेश बि क अहिले बेपत्ता छन । कतार गएको तीन वर्षसम्म फोन सम्पर्क भएको, पैसा पठाएका उनी त्यसपछि कुनै खबर छैन । मरेको या बाचेको अहिले सम्म कुनै खबर थाहा नभएको उनले बताएकी छिन । अहिले तिनै छोराको यादमा दिन रात रुदै कटाइरहेको उनले सुनाइन । कहिले होटलमा भाँडा माझ्ने गरेको त कहिले गिटि बालुवा बोकेर जसो तसो दुई छाक खुवाएर दुई छोराछोरी सगैँ बसेको उनले रुदै सुनाइन ।

दुई वर्ष अघि उनका माइला छोराको पनि मृत्यु भयो । काममा जान्छु भनेर घरबाट हिडेका उनी 15 दिन पछि खोलामा मृत अवस्थामा भेटिएको उनले बताइन । ड्राइभर काम गर्ने उनको हत्या या कुनै दुर्घटना के भएको भन्ने केही थाहा नभएको उनले बताइन । आफू खोज तलास पनि गर्न नसक्ने, नजान्ने भएको र कतै बाट सहयोग नभएकोले सत्य के हो थाहा नभएको उनले बताइन ।

म्यादीबाट पर्वत तिनै माइलो छोराले ल्याएका थिए । उनैले घर बनाएका थिए त्यहाँ । तर घर आधा बनाउदा बनाउदै उनको त्यसरी मृत्यु भएपछी उनिहरुको बिचल्नी भएको बताइन । घर बनाएको रिन अझै छ । कमाएर ल्याएउने एउटा छोराको त्यसरी मृत्यु भयो अर्को छोरा बेपत्ता भएकोले अहिले आफू दिनरात छोरा सम्झेर सधै रुने गरेको उनी बताउछिन । यताउता हिन्दा अरुको छोरा देख्दा पनि आफ्नै जस्तो लाग्ने गरेको उनी बताउछिन । चाडपर्वमा आफू कुनै रात नरोइ सुतेको अहिले सम्म छैन भन्दै उनी भक्कानिन । अझै पनि छोरा आउने आशमा दिनरात बस्ने गरेको उनी बताउछिन । उनले आफ्नो छोरा खोजिदिन सबैलाइ अनुरोध गरेकी छिन । (भिडियो हेर्नुस)