किड्नी उपचारको लागि उठाएको १५ लाख सहयोग रकम लिई केटि लिएर फरार श्रीमान(भिडियो हेर्नुहोस्)

समाचार

उपचार नपाएर कतिले त्यसै ज्यान गुमाउनु परेको घटना धेरै छन अहिले । घरको आर्थिक स्थिति कमजोर भएर उपचार नपाउने अवस्था धेरौ नै छ । तर कतिपय आर्थिक स्थिति कमजोर बनेका बिरामिहरुको भने सहयोग मगेर उपचार गर्ने गरेका छन । मनकारी सहयोगीहरुबाट पाएको सहयोग रकमको सबैले सदुपयोग गरि उपचार नगरेका घटना पनि हामिले कतिपय देख्ने गरेका छौ ।

यस्तै घटना छ पाचँथर कि बिष्णु शंकरको । पाचँथर स्थाइ घर भएकी बिष्णु शंकरको दुबै मृगौला फेल भएका छन । ६ वर्ष देखि को बिरामिले थलिएकी उनी अहिले सुनसरीको धरान उप- महानगरपालिका – 11 स्थित मंगलबारे कोठा भाडामा लिएर त्यही बसि उपचार गराइ रहेकी छिन । हप्तामा चार पटक मृगौलाको डाइलासिस गर्नु पर्ने उनले बताइन । आर्थिक अवस्था कमजोर भएकी उनिहरु मृगौला उपचारका लागि सहयोग उठाएका थिए ।

मृगौला उपचारका लागि देश बिदेशमा बस्नेहरुबाट 15 लाख सहयोग पनि उठेको उनले बताइन । त्यही रकमले आफ्नो उपचार हुने भन्दै आफू अब त बाच्न सक्ने भएकोमा आफू निकै खुशी भएको उनले बताइन । तर उनको खुशी धेरै टिक्न सकेन । किनभने उनको त्यो सहयोग रकम अरुले नै लिएर बेपत्ता भै दियो । उक्त रकम लिने अरु कोहि नभएर उनकै श्रीमान कृष्ण शंकर थिए । उनका श्रीमान कृष्ण शंकरले मृगौला उपचारका लागि उठेको रकम लिएर अर्कै केटि लिइ भागेको उनले बताइन ।

श्रीमान पैसा र केटि लिएर भागेको, आफू बिरामिले केही गर्न नसक्ने भएकोले अहिले उनलाइ आफ्ना छोराछोरीलाई कसरी खुवाउने त्यो चिन्ताले सताउने गरेको छ । आफ्नो उपचारको कुरै छोडौ, अहिले बिहान बेलुका खाने र कोठा भाडा तिर्ने पैसा पनि नभएर आफ्नो बिचल्ली भएको उनले सुनाइन । उनि अहिले नियमित औषधि खानु पर्ने र डाइलासिस गरिरहनु पर्ने भएकोले कसरी त्यो खर्छ जुटाउने भन्ने चिन्तामा छिन ।

केही समय अगाडि उनका श्रीमान अरु नै केटिसगँ बोलेको थाहा पाइन । बुझ्दै जादा उनिहरुबिच सम्बन्ध भएको पत्ता लगाए पछि ती महिलालाइ आफुले फोन गरेको उनले सुनाइन । फोनमा आफू अवस्था यस्तो भएको र आफ्नो श्रीमानसगँ बिहे गरेर आएर दुब जनाको बिजोक हुने भन्दा ती महिलाले उनलाई विभिन्न अपशब्द बोली गाली गरेको उनले सुनाइन । उक्त महिला पनि बिबाहित भएको र एक छोरा भएको आफुले थाहा पाएको उनले बताइन ।

त्यही विषयमा श्रीमानसगँ सामान्य विवाद भएको थियो । त्यसपछी भने उनका श्रीमान आफुलाइ यहाँ कोरोना हुन सक्ने त्यसैले आफू केही दिन घर जाने भन्दै उनलाइ फकाएर उपचारको सहयोग रकम लिएर त्यही महिलासगँ फरार भए । अब आफुलाइ बाच्ने आश नभएको आफ्ना छोराछोरीको बिचल्नी हुने चिन्ताले सताउने गरेको उनले बताइन । अर्कि नै बिहे गरेर ल्याए पनि आफ्ना पनि छोराछोरीलाई राम्रोसगँ हेरचाह गरि बस्ने वचन दिएको भए आफुलाइ मनमा शान्ति मिल्ने उनी बताउछिँन । ( तल भिडियो हेर्नुस)