हरि उदाशीद्वारा हिजो राती एक्कासि आएर प्रतिमाथि हा’त’पा’त (भिडियो हेर्नुहोस्)

समाचार

चलचित्र कर्मी एवं सामाजिक अभियन्ता भनिने हरि उदाशी(परियार)यतिबेला मिडियामा निकै छाएका छन्।उनको पारीवारिक विषय एवं उनले बहुबिबाह गरेर छोराछोरी र श्रीमतीको बिचल्ली पारेको भन्दै उनकि साइली श्रीमती भनिएकी प्रतिमा तामाङले उनी विरुद्ध मिडियामा आएर बोलेपछी यो विषय यतिखेर सर्वाधिक चर्चाको बिषय बनेको हो।

हिजो राती फेरि ८ बजे हरि उदाशी र एकजना लीला न्यौपाने आएर उनलाई हा’तपा’त गरि त्यहाँबाट हिँडेका छन्।प्रतिमाले उनीहरू आफूलाई ब’ला’त्का’र गर्ने नियतिले आएको र आफूलाई शान्ति सुरक्षा चाहियो भन्दै उनले मिडियालाई गुहरेकी छन्।उनले मिडियामा बोलेको बिषय लाई लिएर फेरि पनि प्रतिमा माथी आ’क्रम’ण गर्न प्रयास गरेको पाइएको छ।

प्रतिमाको कोठामा केही नभएको र खाने चामल समेत सकिएको र छोराछोरीलाई नुनसँग खाना खुवाएको र बसिरहेको कोठाभाडा समेत नतिरेको भन्ने आरोप प्रतिमाले हरि उदाशीमाथी लगाएकी छन्।उनकी पूर्व श्रीमती सबिता भट्टराई समेत यतिबेला मिडियामा आएकी छिन् र आफूलाई हरि उदाशीले अर्की श्रीमती ल्याएर राखेको छ भन्ने कुरो १५ वर्षसम्म पनि थाहा नभएको र हरि उदाशीले आफूलाई अन्याय गरेको भन्दै आफ्नो न्यायको लागि माग गरिरहेकी छिन्।

सबिता भट्टराई पनि हरि उदाशीकी जेठी श्रीमती शान्तिदेवी पछि दोश्रो श्रीमतीको रुपमा आएको स्वीकार गरेकी छिन्।यद्यपि हरिको जेठी श्रीमती अहिले हरिसँग छुट्टीएर अलग्गै बस्दै आइरहेको पनि सबिता भट्टराईले जानकारी गराइन्।हरि उदाशीले भने सबिताको अगाडि आफूले धेरै वर्षदेखि सौता ल्याएर गुमनाम राखेको प्रती माफी मागेका छन्।

सबिता भट्टराईको यता एउटा छोरा समेत छ।उनलाई श्रीमानले खासै नराम्रो विभेद गर्दै नआएको तर एक्कसी मोबाइलमा हेर्दा अनलाइन मिडिया भरी आफ्नो श्रीमानको कर्तुत थाहा पाउँदा आफू शक भएको उनी बताउँछिन्।हरि उदाशीले भने आफूले अहिले गरेको गल्ती महसुस गर्दै मिलाएर राख्ने पनि बताएका छन्।

हरि उदासीको बिषयलाई लिएर अहिले विभिन्न सामाजिक व्यक्तित्त्व तथा अभियान्ताहरूले अहिले विभिन्न पक्ष तथा विपक्षमा आफ्नो विचार व्यक्त गरिरहे का छन्।आफैं एक चर्चित व्यक्तित्त्व,सेलिब्रेटी, चलचित्र कर्मी साथै समाजमा भएका विभिन्न बिसंगती को विरुद्धमा बोल्दै हिँड्ने मान्छेबाट आफ्नै घरमा यति धेरै समस्या भएको कारण उहाँको यतिखेर निकै नै आलोचना भैरहेको छ।